इन्द्रेणी संवाददाता
घोराही, २ चैत्र
दाङको घोराहीमा जारी दाङ व्यापारिक महोत्सव आज समापन हुँदैछ । गत फागुन २१ गतेदेखी घोराहीको नवलपुरमा जारी महोत्सवमा अहिलेसम्म करीव १६ करोडको कारोवार भएको महोत्सव मूल आयोजक समितिका संयोजक हेमराज बन्जाडेले जानकारी दिनुभयो ।
दर्शकहरुको सहभागिता वढ्दै गएको महोत्सवमा अहिलेसम्म ३ लाख दर्शकहरुले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा हावाहुरीले स्टलहरुमा क्षति पु¥यापनि कारोवार भने राम्रै भएको आयोजकको भनाई छ । केन्द्रिय तथा स्थानिय कलाकारहरुको जमघट हुदै आएको महोत्सवमा आज पनि साँस्कृतीक कार्यक्रम जारी छ ।
आज अन्तिम दिन पनि कलाकारहरु लोकदोहोरी गायक राजु परियार, गौतम सापकोटा, उमा गिरी लगाएत स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । महोत्सवको हिजौ ११ औँ दिन पनि दर्शकहरुको सहभागिता उल्लेख्य रहेको थियो ।
केन्द्रिय कलाकारहरु गायम प्रशान्त तामाङ, डम्बर नेपाली, शिसिर योगी, आस्था भण्डारी, रोमा न्यौपाने, जानकी मगर लगाएतका कलाकारहरुको साँस्कृतीक प्रस्तुतीले दर्शकहरुलाई हसाउनुका साथै नचाउनुभएको थियो । त्यस्तै स्थानिय कलाकारहरुका प्रस्तुती सँगै दोहोरी गित प्रतियोगता समेत भएको थियो ।
महोत्सवमा अहिले सम्म दुई दर्जन बढी कलाकारहरुले दर्शकहरुलाई मनोरन्जन दिएका छन् । उद्योग व्यापार कृषी एवं पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास भन्ने नाराका साथ आयोजना गरिएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला आज सकिदै छ ।
आज दिउसो १ वजेदेखी समापनको कार्यक्रम रहेको र सहभागीताका लागी सवैमा आग्रह गरिएको छ ।।