इन्द्रेणी संवाददाता
दाङ, २ चैत
दाङ महिला जेसिजले गंङ्गा उच्च माध्यमिक विद्यालय रामपुरमा लागू औषध दुब्र्यसनि सचेतना कार्यक्रम गरेको छ ।कार्यक्रममा लागू औषधीको परिचय, देशमा विद्यमान अवस्था, लागू औषध प्रयोग गर्ने क्रम, कानुनी ब्यवस्था, लागू औषधले मानव स्वास्थ्यमा पार्ने असर लगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
दाङ महिला जेसिजका अध्यक्ष सञ्जिता गौममको सभापतित्व एंव गङ्गा उच्च माविका प्राचार्य राजेन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लागू औषधको प्रयोगले समाजमा चौतर्फी असर परेको भन्दै सवै मिलेर त्यसको कुलतबाट बचाउन लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा लागू औषध र त्यसको कानुनी अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माले र लागू औषधले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा नेपाल परिवार नियोजन संघका डा अरविन्द भुसालले प्रशिक्षण दिनु भएको थियो ।।