इन्द्रेणी संवाददाता
दाङ २ फागुन
सामान्य प्रशासन मन्त्री रेखा शर्माले बहुदलीय ब्यवस्थामा चुनाबमा बैचारिक र राजनैतिक प्रतिष्पर्धा हुने भए पनि विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । घोराहीमा मंगलबार सम्पन्न दाङ महोत्सबको समापन अवसरमा बोल्दै उहाँल सो कुरा बताउनुभएको हो ।
łविकासका लागि जस्ले पहल गरे पनि, जस्तो सुकै विकासको पहल गरे पनि र जहाँ विकास भए पनि जिल्लाको नै विकास हुन्छ उहाँले थप्नुभयो, ‘विकासमा राजनीति नगराँै, जिल्लाको समृद्धि र प्रगतिको निम्ति निश्वार्थ भावले लागाँै । म पनि त्यहि गर्ने प्रतिबद्धता गर्छु तपाईहरुले पनि त्यहि तरिकाले लाग्नुस ।’
सो अबसरमा बोल्दै मन्त्री शर्माले मन्त्री परिषदले दाङमा औद्योगिक क्षेत्र निर्माण गर्न निर्णय गरिसकेको भन्दै छिट्टै प्रक्रिया अगाडि बढने बताउनुभयो । उहाँले दाङ ५ नं. प्रदेशको राजधानीका लागि उपयुक्त ठाउँ रहेको भन्दै मन्त्री परिषदले फास्ट ट्रयाक अन्तर्गत लमहीदेखि तुलसीपुर सडकखण्ड, सहिद मार्ग, भालुवाङदेखि प्युठान सडक निर्माणको निर्णय गरिसकेको पनि जानकारी दिनुभयो ।
प्रदेशको राजधानी बनाउन भाषण गरेर नहुने भन्दै उहाँले काम एकताबद्ध भएर जिल्लावासी लाग्नु पर्ने बताउनुभयो । łदाङ भौगोलिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक हिसाबले राजधानीका लागि उपयुक्त छ एमाओवादी पोलिटब्युरो सदस्य समेत रहेकी शर्माले भन्नुभयो, łअब हामीले पूर्वाधार, सडक, खानेपानी, सिचाई, कृषि, पर्यटनको विकास, प्राचार र प्रवद्र्धनमा लाग्न जरुरी छ ।’ दाङमा प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, आर्थिक समृद्धि र समाजिक विकासका सम्भाबना भए पनि यसलाई पूर्णरुपमा प्रयोग र विकास गर्न नसकिएको उहाँको धारणा थियो ।
उहाँले दाङलाई प्रदेशको राजधानी बनाउन, समृद्ध र समुन्नत दाङ निर्माण गर्न सबै राजनीतिक दल, उद्योगी ब्यापारी, सामाजिक संघसंस्था र बुद्धिजीविको एकताबद्ध पहल आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । प्रदेशको राजधानी, समृद्धि र समुन्नत दाङका लागि खुद्र र सधै गरिरहेका कार्यक्रम र योजना बाहेक ठूलाठूला योजना निर्माणमा जोड दिनुपर्ने पनि उहाँको धारणा थियो । तुलसीपुरमा एरपोर्ट र इन्धान डियो सञ्चालन, प्रदेशको राजधानीका लागि आवश्यक भवन, सडक लगाएत पूर्वाधार र औद्योगीक क्षेत्र निर्माण आजको प्रमुख आवश्यकता रहेको उनको भनाई थियो । प्रदेशको राजधानी बनाउन सवै लाग्नु पर्ने र राजधानी बन्नका लागि अबरोध र कमजोरीलाई पन्छाउँदै संघर्ष तथा अबरोधलाई न्यूनीकरण तथा संभावनालाई उजागर गर्नु पर्ने मन्त्री शमाले धारणा राख्नुभयो ।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाली काङग्रेस दाङका सचिब शंकर डाँगी, एमालेका जिल्ला सचिब हुकुम बस्नेत, एमाओवादीका उपाध्यक्ष निर्मल आचार्य, नेकपा माओवादीका इन्चार्ज सुवास पुन लगाएतले जिल्लाको विकास, समृद्धि र प्रदेशको राजधानी बनाउन लागि पर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेको अध्यक्षता एवं उपाध्यक्ष नारायण भूसालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिब दिपक सुवेदी र सचिब सुशिलप्रकाश आचार्यले गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष खडग बुढाथोकीले उपस्थित प्रमुख अतिथी, अतिथी, सहयोगी र दर्शकलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा राजु परियार, उमा गिरी, रेश्मा पुन लगाएतले सांगितिक प्रस्तुति राखेका थिए । सो अवसरमा महत्वपूर्ण सहयोग गर्ने प्रायोजक, सहयोगी संघसंस्था, कलाकार, सञ्चारमाध्यम, उत्कृष्ट हुने साहित्यकरा, कलाकार, दोहोरी प्रतियोगी लगाएतलाई पुरस्कार एवं सम्मान गरिएको थियो ।




