गोविन्द खड्का
हरीडाप दुवेरीले लछप्प खाली भुई ढाकेको छ । ठाउ“ ठाउ“मा फुल फुलेका गुलाफ लगाएतका पोथ्राहरु छन् । सिन्कोभर फोहर आ“खाले भेटाउदैन । मध्य दिनमा सारनाथ पुग्दा पनि मार्वल टाइलहरुमा धुलो थिएन । यहि होईन सफा ?
सुन्दर तिर्थस्थल सारनाथमा कर्मचारीहरु नियमित बस्दा रहेछन् । ति कर्मचारीले विस रुपैयामा सबै बृत्तान्त सुनाउदा रहेछन्, ऐतिहासिक कलाकृतिका बारेमा जानकारी गराउछन् । टाढा बाट पुगेका पर्यटकलाई सहुलियतको त्यहि हो । संग्राहलय भित्र पस्दा निशुल्करुपमा लकरमा सामान राख्न मिल्ने रहेछ । बल्ने एवं विद्युतिय चिज लग्न नपाईने रहेछ । लकर सुविधा नभए केहिका सामान हराउथे । कति मान्छे चर्को भाडा तिरेर झोला मोवाईल क्यामेर बचाउन बाद्य हुन्थे । त्यो झञ्जट र सामान कसरी जोगाउ भन्ने तनाब पनि सकियो । बन्द गरेर लकरको चावि हातमा दिईन्छ ।
गमलाहरुमा बैसले उन्मत्त तरुनो बनेर फुल फुलीरहेका देखिन्थे । जवान गौतम बुद्ध अग्लो मुर्तिमा शान्त संग फूलको वास्ना लिईरहे जस्तो लाग्थ्यो । सुन झै झलल् झल्किने रंगमा पिपलका बोटमुनि ध्यान मग्न बुद्धका मुर्ति रहेछन् । यति धेरै सुन्दर वातावरणका विचमा कसको ज्ञानको ढोका नखुलोस् भन्ने लाग्यो । सायद गौतम बुद्धको मात्रै ज्ञानको ढोका खुल्दैन्थ्यो होला । अहिले पनि धेरैलाई सुन्दरताको छाप लगाएर पठाईरहन्छ भन्ने मेरो मनमा लागिरह¥यो ।
अघिल्लो दिन काशि घुम्न गएकाहरु फोहर वातवरणले वाक्क दिक्क भएका थिए । तिनले सारनाथ पुगेपछि खिन्न भएको मनमा ठुलो राहतको महशुस गरे । ‘यस्तो पो पर्यटकिय स्थल’ लमहिका बिष्णु बुढाले भन्नु हुन्थ्यो । त्यसमा हो मा हो मिलाउदै निमा बुढाले अकर्षक दृश्यहरुको फोटाहरु खिचिरहनुभयो । गोरा काला जातका पर्यटक पनि देखिन्थे । चिनिया भाषा बोल्नेहरु पनि थिए । उनिहरु पनि बाहिरको फाटा लिनमै व्यस्त थिए । मैले पनि धेरै चिजलाई क्यामेरामा कैद गर्न खोजेको थिए । व्याट्रिले साथ दिएन । सम्झना सहितका जोडि फोटा खिच्न पनि निमालाई अनुरोध गरे“ । सफा ठाउ“मा त टेक्न पनि शर्म लाग्ने रहेछ । जथाभावि हिडेनौ । यात्राका लागि दिएका खास खास बाटोहरुमा मात्रै पाईला टेक्यौ । यत्तिकै सुन्दर क्षेत्रले कसलाई नतान्ला ?
हामिलाई गुडु भारद्धाज नामका कर्मचारीले त्यस क्षेत्रको सामान्य चिनारी गराए । उनि अगाडि उभिएर सुनाउन चाहान्थे हाम्रो समुह आत्तिएर छिचोल्दै बढि सक्थ्यो । उनका कुरा सुन्नु भन्दा दृश्यहरु ह्ेर्नमा आतुर थियो । उनले गरेको व्याख्या अनुसार लुम्वीनी, विहार, कुशी नगर लगाएतको झल्को दिने गरी मुर्तिहरु सारनाथमा राखिएका छन् । ‘तपाईहरु नेपाल बाट आउनु भएको हो ?’ भनेर सोधे कर्मचारी गुडुले, ‘हामिले हो भन्यौ ।’ हामि संग पुर्व शिक्षक पनि थिए । बोल्न र टिमको नेतृत्व गर्न खप्पीस लाग्थे । नाम भने मैले सोधिन । गुडु भन्दै गए ‘यो वुद्धको बच्पनको मुर्ति हो । नेपालको लुम्विनमा छ । बुद्ध त्यहि जन्मीएका हुन्’ उनले खुला दिलले भने, । ईतिहासमा गरेको न्याए प्रति उनिप्रति दिल खोलेर ह“सीले मुखले धन्वायवाद दिए“ । भारतीय सरकार, र नेताहरुले बुद्ध भारतमा जन्मेका हुन् भन्ने विवादास्पद भनाई सार्वजनिक गर्छन् । भारतिय जनतामा भने त्यो गल्ती कुरा स्विकार्य छैन भन्ने खुशि लाग्यो ।
त्यहा नेपाल, भारत, श्रृलंका, थाईलैण्ड, कोरीयालगाएत देश बाट तिर्थालु एवं भक्तजनहरु आउने रहेछन् । तर पनि दलाई लामाको विशेष क्षेत्रका नामले परिचीत रहेछ । त्यहाका कर्मचारीले सुनाए अनुसा दलाईलामका उद्योगहरु पनि छन् । तिनमा भारत सरकारले कुनै किसिमको कर लगाउदैन । बजारको भन्दा सस्तो दरमा सामानहरु पाईन्छ । बजार संग तुलना गर्न भने हामि नया मान्छेले सक्दैन्थ्यौ । व्यापार गर्न खोज्दा अलि फरक थियो । कपडा र बुद्ध धर्म अन्तर्गतका माला, खेलौना, मुर्ति लगाएत हरेक किसिमका चिजहरु राखिएको थियो ।
थाईलैण्डमा तालिवानले एउटै ढुंगाले बनेको मुर्ति ढालेपछि सारनाथमा दुई सय असि वटा पत्थरबाट मुर्ति बनाईएको रहेछ । त्यसको चारैतिर बुद्धका जन्म ज्ञान प्राप्त देखि सबै अबस्थाका मुर्ति सजिएका छन् । मुर्तिको अगाडि गौतमी, मायादेवी र गौतम बुद्ध नामका सरोवारहरु छन् । तिनमा पानीका फोहराहरु ईन्द्रेणी बनाउदै झर्छन् । दुवो उम्रेका, फुल फुलेका दृश्यहरुमा शोभा बढाउछन् । साना साना ताल भित्रै कमल फुेका छन् । अनि पो तिर्थ स्थल ।
संग्राहलयमा विद्युतिय चिज निषेध रहेछ । फोटा खिच्न कसैले पाउदैन । जति सकियो मनमा सम्झिएर बाहिरीने हो । उहिलेका हतियारहरु रहेछन् । पुराना बञ्चरा, डाडु, पन्यूहरु सोकेश भित्र सजाएको छ । त्यहा बौद्धका मुर्ति, हिन्दु देवि देवता सिव पार्वति लगाएतका मुर्ति र जैन धर्मका गरी तिन वटा धर्मका एक एकवटा हल छन् । एउटै भवन भित्र धेरै धर्म राखेर धार्मिक सहिष्णुता देखाईएको छ । एउटै भवन भित्र धेरैका आश्था संग्रह गरेर अधिकलाई सन्तुष्टि दिनु सिक्ने पक्ष छ ।
अघिल्लो दिन वनारासले निकै अत्यास लगायो । बजारमा भिडभाड हुनु सामान्य हो । त्यो गाडि मोटर र मान्छेको हुनुपर्दथ्यो । जता हेयो गाई र कुकुर देखेपछि वाक्क दिक्क बनायो । गाई त बजारमा खान पाएका मोटै थिए । कुकु मेरा आखाले एउटा पनि राम्रो देख्न पाईन । खुईलीएका, दुब्ला भएर हाड छाला छुटिएका, रौ हरु पनि कति फुस्रा र नराम्रा भएका हुन् । यति धेरै कुकुर रहेछन् कुनै चोक मैले भेटाईन । जहा कुकुर नभएको देखियोस् । दिउसो मात्रै बाहिर निश्कीएका थियौ । रातिको समय भए हामिलाई ति भुस्याहा कुकुरले हिड्न दिने थिएनन् होला ?
नडराईकन मोटरसाईकल, साना गाडि, टेम्पो, रिक्सा छुवाउन ल्याउछन् । उनिहरुका सामु पनि निर्धक्क संग हिडेर जित्ने हो । नत्र डराउने हो भने जुन ठाउमा उभियो त्यो बाट पाईला बढाउन सकिन्न । सडकमा अलिक ज्वाङ मुन्टो निकाल्न आट्यो अघि पछिबाट ह्रवार्र ह्रवार्ती आउछन् । हामि पैदल हिडेका थियौ । आ“खाले गुडिरहेका यातायातका साधनमा ध्यान दिन्थे । तर खुटाहरु गाईका गु का फताउरामा डुब्थे । जुत्ता देखि पाईन्ट सम्म फोहर हुन्थे । गाई पनि कस्ता रहेछन् भने बड्कउला जस्ता हगने नभई भैसिको जस्तो पातलो फताउरा बनाउने रहेछन् । सायद प्लाष्टिक खाएका गाईले पचाउन नसकेको हुनुपर्छ । त्यति धेरै गाई र कुकुर बनारसमा देखे“ ।
अघिल्लो दिन विश्वनाथ मन्दिरमा हामि पनि पुगेका थियौ । नेपालको पशुपति नाथ मन्दिरकोे स्तरमा भारतले विश्यनाथ उठाउन खोजेको रहेछ । पुजा गर्ने लाईनमा रहदा एक जना नेपाली झल्को दिने बृद्धले भने ‘पशुपति नाथ पछिको हो ।’ उनको भनाईले मलाई अति आनन्द लाग्यो । असाध्यै खुशिका साथ सबैचिजलाई हेरे । बा“दरले निकै तर्साए । थोत्रा टिनका टहरामा वादर खुबै उफ्रिने रहेछन् । अझ लाईनमा बसेका भत्तजनको हातबाट चढाउन लगेका फलफुल मिठाई खोसेर भाग्दा रहेछन् । आपसमा खोसा खोस गरेर च्याता च्यात गर्दा बम पड्किएको वा आकाश गुडकिए जस्तो टिनको छानामा गर्दा रहेछन् । सेना प्रहरीको सुरक्षा जा“च दुई ठाउ“ गरीयो । हामिलाई छाला, विद्युतिय सामाग्री सबै बाहिरै छोडाउन लगाइयो । भित्र जति अघि बढ्यो त्यति पसल भेटिए । ठाउ“ ठाउ“मा जुत्ता लगाएका सुरक्षा कर्मि र फुल बेच्ने व्यापारी भेटिए । मलाई रिस उठ्दै गयोे । अर्काको देशमा प्याच्च बोल्न सकिन ।
मन्दिर भित्र पसेर के पाईन्छ भन्ने त थाह पाईन, तर गुमाउने ठाउ धेरै रहेछन् । खाली हात नजानुस भनेर फूल तथा प्रसाद बेच्नेहरु महंगो किने देन्छन् भगवान यीनै हुन् जस्तो गरे ।
अलि भित्र पुग्दा पुजारीहरु थिए । तिनले पनि जति बढि पैसा खसाल्यो त्यति धेरै भाकल पुरा गर्छन जस्तो गरे । चिच्याई चिच्याई दान पात्रमा दश रुपैया हाल भनिरहेका थिए । घुमी सकिने बेला डोका बाट खन्याएका जत्ति थुप्रा पैसा गनीरहेका भेटिए । त्यो कुराले मलाई भगवानको व्यापार भएजस्तो लाग्यो । अनि सोचे पैसा नखाने भगवान किन हुदैनन ? जे त पर्ला भनेर एक रुपैया पनि खर्च नगरेर मन्दिर बाट बाहिरीए । सम्झनाले सबै महिलाले बोक्दा लैजान्छु भनेर थोरै के के लगेको फर्किने बेला एक सय तिर्नुप¥यो । भित्र पस्दा दश रुपैयाको प्रसाद भनेर फसाउन खोज्थे । यता न उता आउ भनेर ताना तान गर्थै । यसरी प्रचार गर्थे कि तिनका सामान नकिनिदिएपछि बिश्वनाथ मन्दिरका भगवान रिसाउने छन् । दश दश रुपैयाका फुलका पोका नउठाईदिएपछि भाकल गरेको पुग्दैन र फुल र प्रसाद लगेपछि भगवान खुशि हुन्छन् । विश्वनाथ बाबा दश रुपैयाका भोका छन् । यति घटिया मन्दिर भित्रको व्यापार घटिया रकमी कुराले भगवानको रुपमा अपमान देखियो । उनिहरु भगवानको ओजन बढाउने होईन खिल्ली उडाउन लागि परेका छन् । मेरो जस्तै सबैको मन भाच्ने छन् ।





