ताजा अपडेट

...


सुशीलदाकै कमान्डमा हवाईजहाज अपहरण



धेरै पहिलेदेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसले काठमाडौँबाट विराटनगर आउँदै गरेको हवाईजहाज अपहरण गरेर पैसा जुटाउने योजना बनाउँदै आएको थियो । विराटनगरबाट हवाईजहाज अपहरण गरेर लाने जिम्मा म, नगेन्द्र ढुंगेल र वसन्त भट्टराईले पाएका थियौँ । म, मनोहरि बराल, वसन्त भट्टराई, विनोद अर्याल हवाईजहाज अपहरण गरेर पैसा लुट्न संलग्न थियौँ । उता भारतमा हवाईजहाज ल्यान्ड गराउने, लुटेको पैसा र हामीलाई लुकाउने जिम्मेवारी सुशील कोइरालालाई दिइएको थियो । सुशीलसँग विराटनगरका बराल र अर्याल साथमा थिए ।


सात दिनको सूक्ष्म रेकीपछि २९ जेठ ०३० मा लामो समयदेखिको योजनालाई मूर्तता दिने निधो गर्‍यौँ । विराटनगर विमानस्थलबाट राष्ट्र बैंकको पैसा लिएर उड्न लागेको हवाईजहाजका पाइलटलाई हतियार देखाएर अपहरण गरी भारत बिहारको फारबिसगन्जको गौचर भन्ने ठाउँमा अवतरण गराउनु थियो । म, नगेन्द्र र वसन्तले हवाईजहाज कब्जामा लिएर फारबिसगन्ज पुर्‍याएका थियौँ ।मगचनब ९ज्ञ०
सुशीलले सिमलको भुवा उडाएर हामीलाई जहाज अवतरण गराउने ठाउँ ‘लोकेट’ गराएका थिए । मनोहरि र विनोदले कपडा हल्लाएका थिए । जहाज ल्यान्ड गराउन सफल भएपछि लुटेको ३० लाख भारु सुशील, मनोहरि र वसन्तले ओसारेका थिए । सुशीलकै योजनामा लुटिएको पैसा लुकाइयो । हामी पनि सुरक्षित स्थानमा भागेर लुक्न सफल भयौँ । सुशीललाई हवाई इन्जिनियरिङसम्बन्धी जानकारी त थिएन, तर सबै काम उनले अनुमानका भरमा सफल बनाएका थिए ।

हवाईजहाज ल्यान्ड कसरी गराउने र कहाँ गराउने भन्ने योजना सुशीलले पहिले नै सुझाएका थिए । किनभने बिपीसँग लामो समय प्रवासमा बस्दा उनलाई फारबिसगन्जको गौचरमा ००७ सालका क्रान्तिताका प्लेनबाट हतियार झारेको हेक्का रहेछ । त्यहाँ पछि पनि स–साना जहाज वेलावेला अवतरण हुने गर्थे । उक्त स्थान नेपालबाट नजिकै हुने र सुरक्षित पनि रहेको सुशीलको भनाइ थियो । सातदिने सूक्ष्म रेकीका वेला मलाई सुशीलले त्यो ठाउँ लगेर देखाएका थिए । जहाज अपहरण अप्रेसन सफल भएपछि सुशील निकै खुसी भएका थिए ।

नगेन्द्रबाहेक हामी सबै एक वर्षपछि पक्राउ पर्‍यौँ । सुशील कोइरालासँग पूर्णियाको जेलमा वर्षौं सँगै बिताइयो । पहिले पनि उनीसँग चिनजान त थियो, तर बाक्लो संगतचाहिँ थिएन । मलाई हेक्का भएसम्म हवाईजहाज अपहरण गरेका वेला सुशील कांग्रेसप्रति प्रतिबद्ध व्यक्ति थिए । सरल जीवन बिताउँथे । कोइराला परिवारप्रति लोयल थिए । बिपीसँग धेरै समय प्रवासमा बसे । पछि बिपीसँगै नेपाल आएर गिरिजाप्रसाद कोइरालालाई राजनीतिमा सघाएका हुन् । बंगलादेशमा युद्ध हुँदा हतियार बुझाउन पनि सुशील कोइराला नै गएका थिए । त्यो वेला म पार्टीको कुनै पदमा थिइनँ, सुशील पनि थिए जस्तो लाग्दैन । लुटिएको पैसा कहाँ, के र कसरी खर्च भयो रु त्योचाहिँ मलाई थाहा छैन । सबै पैसा बिपीका भाइ गिरिजाप्रसादकै जिम्मामा थियो – नयाँपत्रिकाबाट

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.