ताजा अपडेट

...


रोकिएको मतगणना फेरि सुरु हुँदै



इन्द्रेणी सम्वाददाता
काठमाण्डौ, २७ फागुन
नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको मतगणना आज फेरि सुरु हुने भएको छ । खुलातर्फ हिजो १ सय ५० मत गनेपछि रोकिएको मतगणना आज हुन लागेको हो । निर्वाचन समितिका अनुसार बिहान १० बजेपछि मतगणना सुरु हुनेछ । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको खुल्ला केन्द्रिय सदस्यको पदमा पुरा नै अनुहारहरुले अग्रता देखिएको छ ।

खुल्लातर्फको २५ जना केन्द्रिय सदस्यको पदका लागि ९० जना उम्मेदवार बनेका छन् । हालसम्मको मतगणना अनुसार खुमबहादुर खड्का, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि, प्रदिप गिरी महेश आचार्य धेरै मत पाउनेहरुको सूचीमा देखिनु भएको छ । युवा नेताहरु प्रदिप पौडेल, विश्व प्रकाश शर्मा पनि अगाडि हुनुहुन्छ ।

निर्वाचन समिति सदस्य गोपीकृष्ण घिमिरेले सबै परिणाम आउन अझै कम्तिमा चारदिन लाग्ने बताउनुभयो । आज मुस्लिम र दलित कोटाको मतगणना पनि सुरु हुनेछ । ९० जना उम्मेदवार रहेको लामो मतपत्र भएका कारण मतगणनामा ढिलाइ भएको बताइएको छ । समावेशीतर्फका केन्द्रिय सदस्यहरु मध्ये केहीको आजैसम्म परिणाम आउन सक्ने निर्वाचन समितिले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.