इन्द्रेणी सम्वाददाता
दाङ, २७ फागुन
समाजमा अझैपनि विभिन्न वाहानामा महिलामाथि हुने हिंसा नरोकिएपछि सचेतना फैलाउन भन्दै विभिन्न क्लवहरुले जनचेतनाका काम गर्दै आएका छन । देउखुरीको वेला–१ मटेरीयमा गठन भएको प्रगतीशिल रेडियो श्रोता समुहले महिला हिंसा अन्त्यका लागी सचेतनामुलक नाटक प्रदर्शन गरेको छ ।
समाजमा महिला हिंसाको कारण वन्दै आएको दाईजो प्रथाका वारेमा युवाहरुले नाटक प्रस्तुत गरेका छन । वेला गाविसको प्राङ्गनमा दाईजो थोरै भएको, नल्याएको वाहानामा वुहारीलाई दुख दिने काम हुन नहुने भन्दै यूवाहरुले सकारात्मक सन्देश फैलाएका थिए ।
समाजमा यस्ता विभिन्न वाहानामा महिलाहरु पीडित हुनुपर्ने अवस्था रहेकाले नागरीक स्तरमा चेतना फैलाउन नाटक प्रदर्शन गरेको समुहका अध्यक्ष प्रतिमा घर्तीले जानकारी दिनुभयो । यसैगरी, निघुवार रेडियो श्रोता समुह नारायणपुरले पनि महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । महिलालाई अझैपनि दोस्रो दर्जाको नागरिकको हर्ने प्रचलन कायम रहेकाले महिला पुरुष वरावरीको उदाहरण सहित नाटकमा देखाईएको थियो ।।