इन्द्रेणी सम्वाददा
घोराही, २७ फागुन
प्यारालाईसीस रोग निको पार्ने भन्दै धामीले तातो पानी शरिरमा खन्याई दिँदा गम्भिर घाईते भएकी दाङ हाँसीपुर १ रुपाकोटकी थुमसरा बिकको उपचारमा आर्थीक समस्या भएको छ । आर्थीक अबस्था कमजोर हुदा उपचारमा समस्या भएको उहाँका छोरी दमन्ता बिकले बताउनुभयो ।
कोईलाबासमा आफूलाई धामी बताउने कमल क्षेत्रीले प्यारालाईसीस निको पार्ने भन्दै फागुन २६ गते थुमसराको शरिरमा तातो पानी खन्याईदिएका थिए । तातो पानी खन्याएको १० दिन पछि हिजो मात्रै थुमसरालाई गम्भिर घाईते अबस्थामा राप्ती उपक्षेत्रिय अस्पतालमा ल्याइएका थियो । २० बर्ष देखी शरिरको दाईने भाग नचल्ने अबस्थामा रहेकी थुमसरालाई निको पार्ने भन्दै धामीले तातो पानी शरिरमा खन्याएका थिए ।
घोराहीमा सामान्य उपचार पछि थप उपचारका लागि उहाँलाई पाल्पाको मिसन अस्पतालमा पु¥याइएको छ । ऋण काँढेर उपचारका लागि पाल्पा पु¥याइएको र उपचारमा सहयोग गरि ज्यान बचाईदिन छोरी दमन्ताले सबै सँग आग्रह गर्नुभएको छ ।।