इन्द्रेणी सम्वाददा
दाङ, २७ फागुन
दाङको घोराहीमा जारी व्यापारिक महोत्सवमा आजदेखी रेस्लिङको महाभिडन्त हुने भएको छ । रेस्लिङ महाभिडन्त मध्यपश्चिममै पहिलो पटक दाङमा हुन लागेको हो । महोत्सवमा दर्शहरुले आजदेखी २९ गतेसम्म रेस्लिङ महाभिडन्त हेर्न पाउनेछन । आज दिउसोदेखी रेस्लिङको महाभिडन्त सुरु हुने महोत्सव मूल आयोजक समितिका सहसंयोजक खड्गबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
हिमालयन टाईगर ग्रुप रेस्लीङ एशोसियसनको प्रस्तुति र उद्योग वाणीज्य संघको आयोजनामा मनोरञ्जनका लागी रेस्लीङ महाभिडन्त हुने भएको हो । जसका लागी २ जना महिला खेलाडी सहित १२ जना खेलाडीहरुको टिम दाङमा रहेको छ । दर्शकहरुको अत्यधिक माग भएकाले महोत्सवमा रस्लिङ महाभिडन्तको आयोजना गरिएको आयोजकले बताएको छ । रेस्लिङका लागी ४ सय र २ सय रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।
यस्तै, महोत्सवमा आज पनि केन्द्रिय कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने भएका छन । आज लोकप्रिय गायक प्रमोद खरेल, जनवादी गायक जिवन शर्मा, लोकदोहारी गायिका देवि घर्ति, प्रजापति पराजुली, गोरन चौधरी र सुशीला थापाको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिनुभयो । यसैविच, महोत्सवमा निशुल्क स्वाथ्य उपचारको व्यवस्था गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङको सहयोगमा स्वयमसेविकाहरुको सक्रियतामा निशुल्क स्वास्थ्य उपचार भईरहेको छ ।
जिवन जल वितरण, परिवार नियोजनका अस्थाई साधन, बालबालिकाहरुलाई भिटामीन ए, गर्भवति महिलाहरुलाई आईरन चक्की लगायत औषधी वितरण र स्वास्थ्य परामर्श पनि दिने गरिएको महिला स्वास्थ्य स्वयमसेविका समूह दाङका सचिव रेखा रोका क्षेत्रीले जानकारी दिनुभयो । महेत्सवमा २ नम्बर स्टलमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ ।।