इन्द्रणी संवाददाता
दाङ, २६ फागुन
दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा सुरु भएको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा बुधवार छैठौ दिन राष्ट्रिय एवं स्थानीय प्रतिभाहरुको साथमा दर्शकहरु रमाउने गरेका छन् । “उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आजसम्म दुई दर्जन बढि चर्चीत कलाकारहरुले आफ्नो प्रस्तुति राखेका छन् ।
महोत्सवको छैठौ दिन आज पनि दर्शकहरु केन्द्रिय कलाकारहरुको प्रस्तुतिमा रमाएका छन् । महोत्सवमा आज सांस्कृतिक कार्यक्रममा हास्य कलाकारहरु किरण केसी (राता मकै), शिवहरी पौडेल (मुखमा हानुजस्तो) ले चेतनामूलक प्रस्तुति राखेका थिए । भारतको नेपालप्रतिको दृष्टि र नेपालको बहादुरीलाई उनीहरुले आफ्नो हास्य प्रस्तुतिमा राखेका थिए ।
यस्तै गायक हेमन्त शर्माले सुपरहिट गीतहरुले दर्शकहरुलाई मनारेञ्जन दिए । उनका चर्चीत गीतहरु कार्यक्रममा राखेका थिए । यस्तै गायीका राधिका हमाल र दंगाली गायीका सुधा रत्नले पनि कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुभएको थिए । कार्यक्रमको सहजिकरण चन्द्र शर्माल लोकराज पराजुली र पिताम्वर रिजालले गर्नुभएको थियो । महोत्सवमा आज छैठौ दिन २८ हजारबढी दर्शकहरुले महोत्सवको अवलोकान गरेको मूल समितिका संयोजक हेमराज बञ्जाडेले बताउनुभयो । यस्तै आज २ करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार भएको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक एवं उद्योग वाणीज्य संघका कोषाध्यक्ष मञ्जु बज्राचार्यले जानकारी दिनुभयो ।
साहित्यीक प्रतियोगीता सम्पन्न
महोत्सवमो अवसरमा आयोजना गरिएको विभिन्न साहित्यीक प्रतियोगीता सम्पन्न भएको छ । महोत्सवमो साहित्य तथा पर्यटन उपुसमितिले आयोजना गरेको बाल कविता प्रतियोगीता, जिल्ला स्तरिय निवन्ध प्रतियोगीता र मध्यपश्चिम स्तरिय कविता प्रतियोग््गीता सम्पन्न भएको हो ।
प्रतियोगीता अन्तरगत बाल कविता प्रतियोगीतामा दिपशीखा उमाविका ऋषभ देवकोटा प्रथम, तुल्सी आमाविका सुवल घर्ति द्धतिय र सगरमाथा विद्यालयका सकुन्तला विक तृतीय हुनुभएको छ । यस्तै जिल्ला स्तरिय निवन्ध प्रतियोगीतामा पद्मोदय उमाविका अनु शर्मा प्रथम, तुल्सी आमाविका कृष्टिना डाँगी द्धतिय, दिपशीखा उमाविका नितेस खनाल तृतीय र पपउमाविका टिना निरौला सान्त्वना हुनुभएको छ । त्यसैगरी मध्यपश्चिमस्तरियष् कविता प्रतियोगीतामा नारायणप्रसाद निरौला प्रथम, बासुदेव आचार्य द्धतिय र दिपा धिताल तृतीय हुनुभएको छ । यी प्रतियोगीतामा प्रथम, द्धतिय, तीतृय र सान्त्वना भएका रचनाहरु महोत्सव स्थलमा एक भव्य कार्यक्रमको आयोजना गरि वाचन गरिएको छ ।
साहित्य उपसमितिका संयोजक सुशीलप्रकाश आचार्यको अध्यक्षता एवं वरिष्ठ साहित्यकार अमर गिरीको प्रमुख आतिथ्य र महोत्सव आयोजक मूल समितिका संयोजक हेमराज बञ्जाडेको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा विभिन्न साहित्यकारहरु आफ्नो रचना वाचन गर्नुभएको थियो । साहित्य उपसमितिका उपसंयोजक पुरुषोत्तम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण उपसमितिका सदस्य सचिव सरद अधिकारीले गर्नुभएको थियो ।
महिला उद्यमीलाई तालिम
महोत्सवको अवसरमा महिला उद्यमीहरुकालागी तालिम सञ्चालन गरिएको छ । महिला उद्यमी व्यवस्थापन उपसमितिको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा महिला उद्यमीहरुलाई घर सजावटका सामाग्री बनाउने विषयमा प्रशिक्षण र खरबाट विभिन्न सामाग्री बनाउने तालिम पनि चलिरहेको उपसमितिका संयोजक माया पोख्रेलले बताउनुभयो । महोत्सवको अवसरमा आयोजना गरिएको निशुल्क तालिममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको संयोजक पोख्रेलले बताउनुभयो ।




