ताजा अपडेट

...


महिला उद्यमीको सारथी महोत्सव



धनिराम शर्मा 
दाङ , २६ फाल्गुन  । महिलाले घर धान्ने र पुरुषले रेमिट पठाएर जीवन चलाउने हाम्रो संस्कार नै बसेको छ । दिनभर समय छ सीप छ श्रोत छ तर जाँगर र  बजार प्रवद्र्धनको अभावमा सीप  श्रोत साधन खेर गइरहेका छन् । स्थानिय सीप कला श्रोत साधन हराउदै गएका छन्, श्रमसंस्कृति मर्दै गएको छ , जसले उत्पादन संस्कृतिको विकास होइन स्खलित हुदै गएको छ ।

 तर पछिल्लो चरणमा निजी क्षेत्र र सरकारी पहलले केही सकारात्मक नतिजाका संकेतहरु देखिन थालेका छन् । निजी क्षेत्रको पहलमा थालिएका मेला महोत्सवले ग्रामीण महिलाहरुको उद्यमीकरण गर्ने अवसर बन्न थालेको छ । महिला सीप र श्रोत साधन तेत्तिकै खेर गइरहेको अवस्थामा महिलालाई विशेष अवसर दिएपछि उनीहरुमा उत्साह थपिएको छ , महोत्सव सारथी बनेको छ । त्यस्को उदाहरण दाङ पर्यटन महोत्सव २०७२मा पनि देखिएको छ ।

पछिल्लो समयमा भइरहेका मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न एउटा गतिलो अवसर बन्ने गरेको छ । मौलिक कला सीप सबै हराउदै जान थालेको बेला महोत्सवका कारण  मौलिक सीप र उत्पादनले बिस्तारै बजार पाउन थालेको छन् । विशेष गरि ग्रामीण महिलाहरुसंग भएका सीपहरुको उपयोग र त्यस्बाट उत्पादित सामाग्रीहरुको बजारीकरण हुन थालेपछि महिलाहरु आत्मनिर्भरता उन्मुख भएका छन् ।

नगरमा लाग्ने मेला महोत्सवले अवसर दिन थालेपछि   उद्यमीहरुलाई पनि हौसला मिलेको  छ, उनीहरुको सीप र श्रमको सम्मान हुन थालेपछि स्थानीय उत्पादनमा आकर्षित हुने गरेका छन् । त्यस्को गतिलो उदाहरण यही फाल्गुन २१ देखि जारी दाङ पर्यटन महोत्सव पनि एक हो । महोत्सवले  स्थानीय महिला उद्यमीहरुलाई विशेष प्राथमिकतामा राखेको छ । स्थानीय कृषी तथा वन पैदावरमा आधारित उत्पादनहरु महोत्सवको मुख्य आकर्षण बन्ने गरेका छन्  । जसबाट महिला उद्यमीहरुका लागि महोत्सव सारथी बन्ने गरेको छ ।

उनीहरुले उत्पादन गरेका सामाग्री दर्शकका लागि मुख्य आकर्षणका विषय भएका  छन् । यति मात्र होइन आयोजकले स्थानीय महिलाहरुलाई महोत्सवभर तालिमको व्यवस्था गरेको छ, एकातिर उनीहरुले उत्पादन गरेका वस्तु तथा सेवा मुख्य आकर्षण हुने गरेका छन् भने अर्काेतिर तालिम प्रशिक्षण जस्ता कार्यले महिलाहरु थप उद्यमी बन्न प्रेरित गरेको छ । महोत्सवले आफूहरुको उत्पादनको प्रचार प्रसार तथा विक्री वितरण गर्ने गजवको अवसर भएको स्थानीय महिला उद्यमी प्रेमकुमारी पुनले बताईन  

महोत्सवले  उद्यमी महिलाहरुको  उत्पादन र बजारको लागि सहयोग गरेको छ ।  महोत्सवमा तीन सय पचास स्टल प्रदर्शनी गरिएको छ , जस्मा महिला उद्यमीहरुको स्टल नै बढी देख्न सकिन्छ । उद्यमी महिलालाई आयोजकले स्टल प्रदर्शनीमा पचास प्रतिशत सहुलियत दिएको छ । जसले गर्दा उनीहरुलाई उत्पादित सामाग्रीको प्रदर्शन गर्न सहुलित मिलेको छ । गाँउ र दुरदराजमा खेर गइरहेका स्थानीय कच्चा पदार्थको उपयोगबाट कृषीजन्य तथा वनजन्य उत्पादनहरु महोत्सव परिसरमा छ्याप छ्याप्ती देखिन्छन् ।

दाङको घोराही नगरपालिका नवलपुरमा आयोजना भएको महोत्सवमा स्थानीयदेखि बाहिरी जिल्लाका पाहुनाहरुले पनि अवलोकन गरिरहेका छन् । हेलिकप्टरबाट पर्यटकीय गन्तव्यको अवलोकन साहसीक यात्रा प्याराग्लाइडिङको मजा लिइरहेका छन् । स्थानीय उत्पादन तथा परिकारको मजा लिइरहेका छन् । महोत्सवले विशेष गरि स्थानीय उत्पादनको बजारीकरणमा महत्व दिएपछि स्थानीय उत्पादनको विक्रीवितरण राम्रै चलेको छ दैनिक करोड बढीको कारोबार भइरहेको छ । कृषीजन्य उत्पादनको प्रदर्शनी, कृषकलाई परामर्श, वनपैदावरको स्टल तथा उद्यम सम्बन्धी परामर्श भइरहेका छन् ।

महोत्सवले थालेका काम यी प्रतिनिधीमूलक मात्र हुन् तर उद्यमीकरणको संस्कृति बसाल्नका लागि यति प्रयासले पूर्ण नहोला , आयोजकले दावी गरे जस्तै भोलिका दिनमा उद्योगहरुको प्रवद्र्धनमा निरन्तर फ्रलोअप  गर्न सक्या या सक्दैन यो भविष्यले बताउला । तथापि आझेलमा परेका उद्यमलाई सशक्तीकरण गर्ने पक्षलाई सकारात्मक मान्नै पर्ला ।

विगतमा केही ठप्प जस्तै बनेको आर्थिक क्रियाकलाप विस्तारै तात्दै गएको छ । आत्मनिर्र्भर अर्थतन्त्रको मजबुतिकरण गर्ने आयोजको दावी छ । गाँउ र दुरदराजमा रहेका घरेलु तथा साना उद्योगको सवलीकरण गर्न महोत्सव केन्द्रित भएको दावी छ । त्यसमा पनि खास गरि महिला उद्यमलाई मजबुत बनाउने आयोजकले बताएको छ । उनीहरुलाई उद्यमीकरण गर्नका लागि  स्टल व्यवस्थापनमा विशेष सहुलियत दिएको महोत्सव आयोजक समितिको आर्थिक उपसमिति संयोजक मन्जु बज्राचार्यले बताइृन । महोत्सवले महिला दिदी बहिनीहरुलाई भोलिका दिनमा पनि उद्यममा जम्ने र आर्र्थिक सामाजिक पक्षमा समेत रुपान्तरण ल्याउन सक्ने आर्थिक संयोजक बज्राचार्यको दावी छ बाइट मन्जु बज्राचार्य संयोजक महोत्सव आर्थिक उपसमिति दाङ ।
हो महोत्सवले पक्कै पनि महिला उद्यमीहरुलाई विशेष स्थान दिएको छ, अपितु भोलिका दिनहरुमा पनि उनीहरुको उद्यम बजार र पूजी लगायतका क्षेत्रमा राज्य र निजी क्षेत्रले पहल लिन सके महोत्सवले उद्यमीकरणको संस्कृतिको जग हाल्ने काम गरेको मान्न सकिनेछ । अन्यथा यी सबै कार्य महोत्सवमै सिमिति भए प्रचारवाजीका भएको दावी गर्ने हुने छ । तसर्थ महोत्सवले उदेश्य अनुरुप थप उद्यमलाई प्रवद्र्धन काय गर्न सकोस् ।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.