ताजा अपडेट

...


गायीका अन्जु पन्तको व्यथा झन बढ्दो



आफ्नो सुमधुर स्वरले असंख्य स्रोताहरुलाई मन्त्रमुग्ध पार्ने गायीका अन्जु पन्तको जीवनमा फेरि आफ्नै मान्छे बैरी बनेको छ । त्यसो त पहिला पति गायक मनोज राज बैरी बन्नाले उनीहरुको वैवाहिक सम्बन्ध टुटेको थियो । अन्जु एकल जीवन जीउँदै आएकी थिइन् ।

यो पाली उनलाई अझैं गाह्रो परेको छ अन्जुको व्यथा पनि बढेको छ । मुटु पनि दुखेको छ । उनले आफ्नो यो नयाँ व्यथा गीतलाई माध्यम बनाएर पोखेकी छन् । जुन गीतको भिडियो मार्च ६ तारिकका दिन लण्डनमा एक कार्यक्रमका बीच बेलायतका लागि नेपालका कार्यवाहक राजदुत तेज बहादुर क्षेत्री, एनआरएन युकेका अध्यक्ष मुछेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले संयुक्त रुपमा बिमोचन गरेका थिए ।

गीतको भिडियो हेरेपछि उनीहरुले गीतको लेखन, संगीत तथा गायनको खुलेर प्रशंसा गरेका थिए ।

‘बढ्छ व्यथा दुख्छ मुटु आफ्नै मान्छे बैरी बन्दा
बिश्वास गर्नेहरुले नै पाइलै पिच्छे खाडल खन्दा’
बोलको यो गीत गीतकार एवम् पत्रकार नृपेश उप्रेतीको केही समय अगाडी सार्वजनिक भएको गीत गजलहरुको एल्बम ‘आहान अर्को खुशी’को एक महत्वपूर्ण गीत हो । जसमा अहिलेका चर्चित एवम् लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

‘यो गीत नलेखिएको भए सायदै म मेरा गीतहरु रेकर्ड गरेर एल्बमको रुपमा निकाल्न प्रेरित हुन्थे’ गीतकार उप्रेती भन्छन । ‘यहि गीत लेखेपछि नै मलाई गीतहरु रेकर्ड गर्ने र एल्बम निकाल्ने प्रेरणा मिलेको हो र एल्बममा सम्हिलित सबै नौ गीतहरु राम्रा भए पनि मलाई सबै मनपर्ने गीत यहि हो ।’

रत्न जोशीको निर्देशनमा बनेको ‘बढ्छ व्यथा’ गीतको भिडियो गीतको भाव जस्तै प्रेम समर्पण र धोकामा केन्द्रित छ । जसमा कलाकारहरु महिमा, ज्योती र वादलको महत्वपूर्ण भूमीकामा देखिएका छन् ।

रातोपाटीमा  खबर छ 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.