इन्द्रेणी संवाददाता
दाङ, २५ फागुन
दाङको घोराहीमा जारी दाङ व्यापारिक तथा पर्यटन एवं मध्यपश्चिम औद्योगिक कृषि मेलामा आजपनि राष्ट्रिय स्तरका कलाकारहरुले मनोरन्जन दिनुहुने भएको छ । २१ गतेदेखी घोराहीमा जारी मेलामा आज कलाकारहरु कलाकारहरु राधिका हमाल, हेमन्त शर्मा, सुधा रत्न, कृष्ण रेउले, प्रजापति पराजुली, किरण केसी र शिवहरी पौडेल लगाएतले मनोरन्जन दिनुहुनेछ ।
“उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवमा लोहदोहोरी प्रतियोगीता र विद्यालय स्तरिय लोकनृत्य प्रतियोगीता पनि जारी छ । यस्तै, थारु परिकार र अल्लोवाट वनेका सामाग्रीहरु पनि प्रदशनीमा राखिएको छ । महोत्सवमा दर्शकहरुको भीड दिनहु वढेको आयोजकले जनाएको छ ।।





