![]() |
–हाम्रो अगुवाईमा ठूला परिवर्तन भएका छन् । परिवर्तनका अगुवाहरुले जुन कार्यदिशा बनाएका छन्, त्यहीँबाटोमा काँग्रेस अगाडि बढेको छ ।
–सुशील कोइराला हाम्रावीचमा हुनुहुन्न । उहाँको निधन भन्दा केही दिन अगाडि हामी उहाँको घरमा गएका थियौँ । भावी नेतृत्वको विषयमा कुरा हुँदैथियो । अचानक उहाँको निधन भयो ।
–झापाबाट फर्कदा मैले सोचे, सुशील दाले झुक्काउनुभयो । हामीलाई जिल्ला पठाउनुभयो, आफु माथि जानुभयो ।–गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तयार भएको कार्यदिशा हामीबीच छ ।
–पार्टी संचालनमा सुशील दाले मिलाएर जानुभयो ।
पचष्कजलब उम कष्तबगबि
–असोज ३ मा संविधान घोषणा गर्न सफल भयौँ ।
–नेपालले संविधान आफै बनायो । यो खुसीको कुरा हो । आफ्नो स्वाभिमानता देखायो ।
–संविधानसभामा विभिन्न दर्शनका थियौँ । अन्तत लोकतन्त्रमा आधारित संविधान बनाउन सफल भयौँ । यसका लागि म सुशील दालाई सम्झन चाहन्छु ।
–१३औँ महाधिवेशनबाट नेतृत्वको कुरा मात्र गरेका छैनौँ, देश र जनतालाई कसरी बढाउने हो त्यो नीति बनाउनुछ । राष्ट्रिय एकता बनाउनुछ । बलियो नेपाल बनाउन काँग्रेसले बाटो खोज्नुपर्छ ।
–पूननिर्माण अगाडि बढेको छैन । मिलेर काम गर्नुपर्नेछ । लोकतन्त्र, गणतन्त्र संस्थागत गर्ने संविधान हो । यसको कार्यन्वयन नभएसम्म उपलब्धी संस्थागत हुँदैन । स्थानीय, प्रदेशको, संसद, राष्ट्रिय सभाको चुनाव गर्नुपर्छ । काँग्रेसले गंभीरतापूर्वक विचार गर्नुपर्छ ।
–नेतृत्वको खोजीमा रहन्छौँ । तर, विचारविना नेतृत्वको खोजी गर्न सकिँदैन ।
–काँग्रेसलाई निरन्तर अगाडि बढाएर लैजानुपर्छ ।
–नेपाललाई दिगो शान्ति, विकास दिन सक्छौँ । विचारमा नयाँपपन चाहिएको छ ।
–नेपाललाई आर्थिक उन्नतीमा लैजानुपर्छ । रोजगारीमा मात्र गएका छैनौँ । खाडीबाट लास आएका छन् । खाडीबाट आएको रकमबाट देश चलाएका छौँ ।
–वैचारिक रुपमा छलफल गरौँ । आग्रह–पूर्वाग्रहबाट मुक्त भएर राजनीतिको मुल्याङ्कन गर्नुपर्छ । काँग्रेसले रिभ्यु गर्ने बेला हो ।
–अहिलेको सरकारले चुनौतिको सामना गर्न सक्दैन । यस्तो सरकार अर्को भनेपनि समस्याको हल हुँदैन ।
–हामीसवै एक हौँ । हशामी सवै समान छौँ । विचार सवैको कुरा सुन्नुपर्छ । महाधिवेशनले नपाल बनाउने सपना चाहिन्छ ।
–राष्ट्रियता एकता बनाउने नयाँ कार्यदिशा खोजौँ ।





