इन्द्रेणी संवाददाता
दाङ, २० फागुन
सामुदायिक संस्थाहरुको लागी नेतृत्व विकास लेखा व्यवस्थापन तथा घुम्तीकोष सम्वन्धी ३ दिने तालिम लमहीमा सुरु भएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा जनउत्थान समाज विकास केन्द्रद्धारा सञ्चालित एकीकृत गरिवी निवारण्ढा कार्यक्रम अन्तरगत तालिमको आयोजना गरिएको हो ।
जनउत्थान समाज विकास केन्दका अध्यक्ष वलिभद्र रानाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले लेखा व्यवस्थापन र नेतृत्व सही भएमा मात्र संस्थाको विकास हुने बताएका थिए । उनीहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सक्नुपर्ने बताएका थिए ।
तालिमा उद्घाटन कार्यक्रमको सञ्चालन सामाजिक परिचालक सुनिता चौधरीले गर्नुभएको थियो । तालिमको प्रशीक्षकमा एकीकृत गरिबी निवारणका कार्यक्रम संयोजक भिम खत्री, लेखा सुपरभाईजर राजेन्द्रं दाहाल रहनुभएको छ । तलिममा १३ सामुदायीक संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको छ ।।




