इन्द्रेणी संवाददाता
दाङ, २० फागुन
दाङको सौडियार गाविसमा गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । उद्यम तथा सामाजिक विकास मञ्च दाङको आयोजना, घरेलु तथा साना उद्योग कार्यालय र लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा अभिमुखिकरण गोष्ठि गरिएको हो ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजक, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, स्थानीय वित्तिय सहकारी संस्थाका प्रतिनिधि, युवा सञ्जाल, कृषि, वन कार्यालयको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष २०७२÷७३ का लागी २५ जना लघु उद्यमी सृजना गर्ने लक्ष्य अनुरुप सौडियार गाविसको ३ नं वडामा कार्यक्रम सन्चालन गरिने भएको छ । गाविस सचिव टेकवहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रमवारे जिल्ला लघु उद्यमी समुह संघ दाङका परामर्शदाता भिम वहादुर वस्नेतले प्रकाश पार्नुभएको थियो ।।