ताजा अपडेट

...


धानखोलामा वस दुर्घटना, ३३ घाईते



ईन्द्रेणी सम्वाददाता
दाङ, २१ फागुन
दाङ र कपिलवस्तुको सीमानामा पर्ने धानखोलामा आज भएको बस दुर्घटनामा ३३ जना घाईते भएका छन । काठमान्डौवाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ४ ख १०७६ नम्वरको बस गोवरडिया १ धानखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


विद्युतको पोलमा ठोकिएर भएको दुर्घटनामा घाईते भएकामध्य १६ जनालाई उपचारका लागी वुटवल रिफर गरिएको दाङका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिनुभयो । दुर्घटनामा सामान्य घाईते भएका १७ जनाको भालुवाङमा सामान्य उपचार गरिएको छ ।

काठमाण्डौवाट तुलसीपुरका लागी छुटेको राप्ती अंचल सार्वजनिक यातायात समितिको रात्री वस आज विहान दुर्घटनामा परेको हो । अधिकांश घाईते दाङका रहेको खनुमान गरिएपनि सवैको नाम ठेगाना खुल्न नसकेको र विस्तृत विवरण आउन वाँकी

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.