ईन्द्रेणी सम्वाददाता
दाङ, २१ फागुन
दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा आजदेखी ३० गतेसम्म घोराहीमा “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” सुरु हुँदैछ । “उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उद्घाटन गर्नुहुनेछ ।
घोराही नगरपालिका ५ नवलपुरमा हुने महोत्सवमा ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोड रुपैयाको आर्थिक कारोबार हुने अपेक्षा रहेको महोत्सव आयोजक मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभएको छ । बहुउद्धेश्यीय सभागृहको निर्माण, संघको संस्थागत विकास एवं उद्यमी विकासमा उपयोग गर्ने र स्वदेशी उत्पादनमा वृद्धि गरि परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा औद्योगीक तथा व्यापारिक बस्तुहरुको पदर्शनी एवं विक्री, हस्तकला, कृषी, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधीको पदर्शनी, विभिन प्राविधीक विषयमा जानकारी तथा विज्ञसहितको अन्तरक्रिया हुने छ । यस्तै मेलाका आकर्षणहरुमा मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, सांस्कृतिक, कला साहित्य झल्कने कार्यक्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको गतिविधी, पदर्शनी स्थलमा मध्यपश्चीमका विभिन्न जिल्लाहरुको कृषी स्टल रहने आयोजक मूल समितिले बताएको छ ।
महोत्सव उद्घाटनको पुर्व आज विहान शोभायात्रा निकालिने भएको छ । घोराहीको कर्मचारी मिलन केन्द्रदेखी साल्ट ट्रेडिङको मैदानबाट शोभायात्राको सुरुवात गरिने छ । शोभायात्रा कर्मचारी मिलनकेन्द्रदेखी शहिद गेट, तुल्सीपुर चोक, दामोदर चोक, त्रिभुवन पार्क, आर्मी ब्यारेक, नयाँ बजार, दुरसञ्चार, हस्पीटल रोड हुदै ट्राफिक चोकबाट महोत्सव स्थलमा पुग्ने छ । आज पहिलो दिन दर्शकहरुलाई निशुल्क महोत्सव प्रवेश गराईने छ । भोलीदेखी टिकट लागु गरिने संघका उपाध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो । यसैविच, महोत्सवमा प्यराग्लाईडिङको सुरुवात आजैदेखी गरिने भएको छ । पोखरावाट प्याराग्लाईडिङको सामाग्रीसहित दाङ आएको टोलीले सवारीकोटवाट महोत्सव स्थलसम्म प्याराग्लाईडिङ सन्चालन गर्नेछ । महोत्सवमा दाङका कलाकारहरुलाई विशेष प्राथमिकता दिईनेछ ।।