ताजा अपडेट

...


पक्राउ कार्यकर्ताको रिहाईको माग




इन्द्रेणी संवाददाता
दाङ, २१ फागुन
बिप्लव नेतृत्वको नेकपा माओवादी दाङले केहि दिन पहिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीको १८ नम्वर डिभिजन प्रमुखमाथि कालोमोसो छ्यापिएको प्रसंगलाई लिएर प्रहरीले आफ्नो कार्यकर्ता पक्राउ गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । डिभिजन प्रमुख वेदानन्द उपाध्याय माथी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले कालोमोसो छ्यापेका थिए ।


उपाध्यायले भ्रष्टाचार गरेको आरोपमा कालोमोसो छ्यापेको कुरा स्वीकार्दै माओवादीले उक्त कुरा कारवाहीको प्रक्रिया भएको र उचित रहेको समेत वताएको छ । नेकपा माओवादीका जिल्ला सेक्रेटरी सितलले प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका जिल्ला सदस्य एकराज चौधरीको रिहाईको माग समेत गर्नुभएको छ । उपाध्यायको भ्रष्टाचारजन्य गतिविधिवाट आक्रोशित किसानहरुले कारवाहीस्वरुप कालोमोसो दलेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालको कर्मचारी तन्त्रमा मौलाउदै गएको भ्रष्टाचारले किसानहरु आक्रोशित हुनु र कारवाही थाल्नु स्वभाविक कुरामा भएपनि प्रहरी प्रशासनले भ्रष्टाचारविरोधि अभियानमा लाग्नेहरुलाई सहयोग नगरी वल प्रयोग गरेर पक्राउ गर्नु निन्दनिय कार्य भएको उल्लेख छ । पक्राउ परेका आफ्ना कार्यकर्ता चौधरीको विना सर्त रिहाई गर्न र रिहाई नभए कडा संघर्ष गर्न वाध्य हुने माओवादीले जनाएको छ । सितलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भ्रष्टाचार विरुद्ध गतिविधि अझ शशक्त वनाउने कुरा उल्लेख छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.