ताजा अपडेट

...


मेचिमहाकाली अभियान टोली दाङमा




ईन्द्रेणी संवाददाता
दाङ, २१ फागुन
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले थालेको मेचिमहाकाली अभियानमा सहभागी टोली दाङमा रहेको छ । गत माघ ११ गते झापाको विर्तामोडदेखी सुरु गरिएको अभियान अन्तर्गत अहिलेसम्म २२ वटा जिल्लामा २ लाख विद्यार्थीहरुसंग भेटघाट गरिएको अभियानका प्रमुख लालवहादुर तामाङले जानकारी दिनुभयो ।


अस्ती दाङ आएको टोलीले घोराही र तुलसीपुरका विभिन्न स्कुल तथा क्याम्पसमा पुगेर बिद्यार्थीहरुसंग राजनैतिक छलफल तथा संगठन निर्माण गरेको जनाएको छ । विद्यार्थीहरुलाई राष्ट्रियताको विषय, वर्तमान राजनैतिक अवस्था र विद्यार्थीमा हुनुपर्ने राजनैतिक सचेतना दिदै आएको अभियानमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाहीले जानकारी दिनुभयो ।

अखिल क्रान्तिकारीको तीन स अभियान र मेचिमहाकाली अभियान अन्तर्गत उक्त टोली ३ दिनसम्म दाङमा रहने र त्यसपछि वाँके जिल्लामा पुगेर विद्यार्थीसंग भेटघाट गर्ने अभियानका प्रमुख एवं अखिल क्रान्तिकारीका उपाध्यक्ष तामाङले वताउनुभयो । अभियान आगामी चैत्र ६ गते कन्चनपुरमा पुगेर समापन गरिने छ । अभियानले विद्यार्थीहरुलाई राष्ट्रियताका वारेमा चनाखो वन्न उत्प्रेरणा प्रदान गरेको सो संगठनले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.