ताजा अपडेट

...


दाङ व्यापारिक तथा पर्यटन महोत्सव सुरु




दाङ २१ फागुन
उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमूखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ घोराहीमा शुक्रबारदेखि łदाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला २०७२’ सुरु भएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजनामा गरेकोे महोत्सबको हेलिकप्टरबाट महोत्सव स्थलमा पुष्पबृष्टि गर्दै र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पूर्वगभर्नर डा. युवराज खतिवडाले पानसमा बत्ती बालेर उद्घघाटन गरेका थिए ।
दश दिने महोत्सवको उद्देश्य स्थानीय स्रोत र स्थलको प्रचार, ब्यबसायीक प्रर्वद्धन, कृषि, पर्यटन, साहित्य, कलाको संरक्षण रहेको दाङ उद्योग बाणिज्य संघका  महासचिब दिपक सुवेदीले जानकारी दिए ।
घोराहीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेला फागुन ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन ।
महोत्सव ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोड रुपैयाको आर्थिक कारोबार हुने अपेक्षा रहेको महोत्सव आयोजक मुल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिए ।
महोत्सवमा कृषकले उत्पादन गरेका कृषिउपज, अल्लो, लगाएत स्थानीय उत्पादन र बिभिन्न व्राण्डका गाडिहरुसमेत प्रर्दशन र बिक्रिका लागि राखिएको छ ।

पुर्ननिर्माण र नबनिर्माण देशको प्रमुख कार्यभार - खतिवडा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पूर्वगभर्नर डा. युवराज खतिवडाले पुर्ननिर्माण र नबनिर्माण देशको प्रमुख कार्यभार भएको बताएका छन । द्धन्द्ध, दैविप्रकोप र भूकम्पले थिलोथिलो भएको देशलाई पुर्ननिर्माण र नबनिर्माण गरेर विकाशसिल राष्ट्रको हाराहारीमा पु¥याउन सबै लागि पर्नुपर्ने उनको भनाई थियो ।
छोटो मन्तब्य राखेका खतिवडाले पाँच नम्बर प्रदेश जनसंख्या, भूगोल, साधनस्रोत, पूर्वाधारको हिसाबले न तल न माथि बिचमा रहेको भन्दै अन्य प्रदेश भन्दा कशरी राम्रो बनाउने भनेर गम्भिर हुन पनि स्थानीयलाई आग्रह गरे । उनले दाङको विकासका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाए ।




।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.