ताजा अपडेट

...


कार्यालय हाताभित्रै हातपात



इन्द्रेणी संवाददाता
सल्यान, ८ चैत्र

जिल्ला विकास समिति सल्यानका कर्मचारी माथि कार्यालय हाताभित्रै हातपात भएको छ । जिल्ला विकास समितिका सूचना अधिकृत तथा सरसफाई फोकल पर्सन पूर्ण बहादुर वली माथि स्थानीय विकास अधिकारीकै अघि हातपात भएको हो । हिजो बिहान कार्यालयमा पुगेका लोक बहादुर डाँगीले वलीमाथि हातपात गरेका हुन ।
हातपातबाट घाइते वलीको जिल्ला अस्पताल खलंगामा उपचार भईरहेको छ । सल्यान जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने उद्देश्यले यूनिसेफको एक कार्यक्रमका विषयलाई लिएर आफुमाथि हातपात भएको पिडित वलीको भनाई रहेको छ । स्थानीय विकास अधिकारीको आँखा अघि नै आफुमाथि आक्रमण भएको र आफ्नो एनजिओलाई कार्यक्रम नपरेको आवेगमा आफुमाथि आक्रमण भएको वलीको भनाई रहेको छ ।

आफ्नो कर्मचारीलाई कार्यालय समयभित्र हातपात भएको भएको र लोक बहादुर डाँगीमाथि आवश्यक कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइएको स्थानीय विकास अधिकारी रामचन्द्र पौडेलले जानकारी दिनु भयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.