ताजा अपडेट

...


तीन महिनाका लागि विद्युत् बन्द



इन्द्रेणी संवाददाता
रुकुम, ८

रुकुममा तीन महिनाका लागि विद्युत् सेवा बन्द गरिएको छ । जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकार भएका हुन् ।
२०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द भएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताउनुभयो ।

विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर मर्मत र मेसिन फेर्ने काम सुरु भएका कारण विद्युत् सेवा बन्द भएको हो । जेठको दोस्रो सातासम्म नहरको काम र मेसिन फेर्ने काम सकिने भएकाले त्यसपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउने छ ।

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मुसिकोटसहित जिल्लाका बाँफिकोट, स्यालापाखा, पिपल, झुला, मग्मा र छिवाङ गाविसका चार हजार बढी उपभोक्ता अन्धकारमा बस्नु पर्ने बाध्यतामा परेका छन् ।  पुनःनिर्माण पछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुने बताइएको छ ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.