ताजा अपडेट

...


वडा कार्यालयमा तालावन्दी



इन्द्रेणी संवाददाता
दाङ, ८ चैत्र

तुलसीपुर नगरपालिका १९ नं वडाका स्थानीयहरुले ढुङ्गाजन्य बस्तु निकासीको कर आफुहरुले पनि उठाउन पाउनु पर्ने माग गर्दै वडा कार्यालयमा तालाबन्दि गरेका छन । तुलसीपुर नगरपालीकाले तीन वटा वडालाई बबई नदि र खोलाबाट निकासी हुने ढुङ्गाजन्य बस्तुको निकासीका लागि कर उठाउन भन्दै रसिद दिए पनि १८ र २० नम्बर वडालाई नदिएको भन्दै तालाबन्दि गरेका हुन ।

नगरपालीकाले गएको फागुन ३० गते तीनवटै वडालाई बबई नदि र खोलाबाट निकासी गरिने ढुङ्गा, गिट्टी, बालुवा, र लोरीमा कर उठाउन भन्दै १० थान ठेलि पठाए पनि १८ र २० नम्बर वडाले आफनो कब्जामा राखेको उनिहरुले आरोप लगाएका छन् । आफुहरुले अन्य वडाको जस्तै अधिकार नपाउदा सम्म ताला नखोल्ने स्थानिय अनिल चौधरीले जानकारी दिनु भयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.