ताजा अपडेट

...


देवकोटाको १२ औं स्मृति दिवस मनाईयो



रेखा मगर
दाङ, ८ चैत्र

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा आमोवादी निकट अखिल नेपाल शिक्षक संगठन दाङले सहिद शिक्षक खड्ग वहादुर देवकोटाको १२ औं स्मृति दिवस मनाएको छ । आज घोराहीमा एक कार्यक्रमको ओजना गरी सो संगठनले सहिद शिक्षक खड्ग देवकोटाको १२ ओं स्मृति दिवस मनाएको हो ।

अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष डिल्लीराज डिसीको अध्यक्षता तथा सो संगठनका केन्द्रिय सदस्य तथा राप्ती उपव्युरो ईन्जार्च नारायणप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको जिल्ला सहसचिव लिलाधर विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले सहिद खड्ग देवकोटाले उठान गरेका शैक्षिक मुद्धाहरु पुरा नभएको भन्दै ति मुद्धाहरु स्थापित गर्न सदैव लागीपर्ने वताएका थिए । कार्यक्रमको सहजीकरण सचिव चुनप्रसाद केसीले गर्नुभएको थियो । देवकोटालाई २०६१ साल चैत्र ८ गते सिन्धुलीको महादेव डाँडामा नेपाली सेनाले हत्या गरेको थियो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.