ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
अञ्जुलीमा जीवन थाप्दै सञ्चारकर्मी छत्र
शान्त कुमार बुढा मगर
दाङ, ८ चैत्त
राजपुर– ९ भौवानाकाका छत्र परियार यति खेर सबै सामु हात फैलाएर आफ्नो जिवनको भिख मागिरहेका छन् । क्यान्सर रोगले ग्रस्त परियार उपचारका लागि आर्थिक अभावका कारण उपचार गर्न नसक्ने भएपछि मानविय नाताले भएपनि आफ्नो जीवन रक्षा गरिदिन सबैलाई आग्रह गरेका छन । “नाका आवाज” द्वैमासिक पत्रिकाका सम्वाददाता रहेका छत्र लोकगायक पनि हून् । उनले “देख्छु आखाको सेरोफेरो “ “मठ मन्दिरमा गर्थ्यौ भाकल “ र तुलसीपुर वजार धारापानी मेलैमा“ लगायतका गितमा समेत मधूर स्वर दिईसकेका छन् ।
उनलाई क्यान्सर रोग पहिलो चरण मै भएकाले यो निको हूने अस्पतालले जनाए पनि आर्थिक अभावका कारण एकातिर मृत्यु र अर्को्तिर जीवन लिएर भौतारि रहेका छन् छत्र । दुर दुर्गम सामान्य किसान परिवारमा जन्मनु उनलाई अभिसाब बन्यो र त छत्रलाई मृत्यु स्वीकार्नु बाहेक अरू विकल्प छैन । तर सास रहुन्जेल आश भनेझैं उनले हार खाइरहेका छैनन र आफ्नो जीवन वचाइ दिन हजारौंरलाखौं दानवीरसमक्ष हारगुहार गरेका छन् । “अन्तिम श्वास लिँदासम्म जीवनको आश हुँदोरहेछ मलाई पनि जीवनको आश छ । उपचारका लागि मेरो आर्थिक छैन । स्वदेश र विदेशमा रहेका जीवनदाताहरुले मलाई जीवनदान दिनुहुनेछ भन्ने विश्वास छ ।”
क्यान्सर अस्पताल चितवनमा उपचार गराइरहेका परियारले आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको र यसका लागि २० देखि २४ लाखसम्म खर्च लाग्नसक्ने चिकित्सकहरुले बताएको छत्रले जानकारी दिए ।“दुई घण्टा ढिलो मात्र अस्पताल गएको भए बाँच्नसक्ने अवस्था नरहेको चिकित्सकहरुले भन्नुभयो”, छत्रले थपे, “अब खतरा टरे पनि शल्यक्रिया गर्नुपर्ने भएकाले उपचारका लागि आर्थिक अभाव छ । आफू विरामी परेपछि परिवारमा पनि चिन्ता थपिएको भन्दै उपचार खर्च जूटाउन नसकिने भन्दै आमा फोन बाट रूदा आत्मै पोल्ने गरेको उनले बताए । छत्रलाइ जिवनदान गर्न चाहाने दाताहरुले ९८६७७३५९९९ मा सम्पर्क गर्नुहोला ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment