ताजा अपडेट

...


महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल



इन्द्रेणी संवाददाता
घोराही,७ चैत । गाउँमा गर्भवति महिलाहरुका र  बालबालिकाहरुलाई स्वास्थ्य परामर्शसँगै स्वास्थ्य सेवामा सहयोग पु¥याउने उद्देश्यले देउखुरीका गंगापरस्पुर र गोवरडियाका गाविसका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल प्रदान गरिएको छ ।   ‘ मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम’ अन्तर्गत देउखुरी उपत्यकाका राप्ती नदि पारीका छ गाविसका एक सय  ३० महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत आइएनएफ दाङ शाखाले आइतवार गंगापरस्पुर र गोवरडिया गाविसका  ४६ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साईकल वितरण गरेको हो । 

  गंगापरस्पुर स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा.भुवन पौडेल,आइएनएफ दाङ कलस्टर प्रमुख अरविन्द्र कुस्हवा लगाएतकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य सेवाको काममा सहयोग पु¥याउने उद्देश्यले साइकल प्रदान गर्नुभएको थियो ।
   त्यस अवसरमा बोल्ने बक्ताहरुले साइकल प्रदानले महिला स्वास्थ्यस्वयमसेविकाहरुलाई आफ्नो क्षेत्रमा काम गर्न सहयोग पु¥याउने बताएका थिए ।      साइकल वितरण कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका दाङका प्रमुख डा भुवन पौडेलले गाउँमा गभर्वति महिलाहरुको स्वास्थ्यका साथै शिशुहरुको स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपुर्ण हात भएको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा आइएनएफ दाङ कलस्टर प्रमुख अरविन्द्र कुस्हवाले प्रस्तुति गृहको सुधार गर्दै जिल्लामा मातृ शिशु मृत्युदर घटाउनका लागि सञ्चालन भएको कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको बताउनुभएको थियो । 

गाउँमा रहेर गर्भवति महिलाहरुका साथै शिशुहरुको स्वास्थ्य सेवामा संलग्न रहनुभएका महिला स्वास्थ्य स्वयमेविकाहरुलाई आफ्नो क्षेत्रमा भएका गर्भवति महिलाहरुसँग भेटघाट गर्नका साथै आवश्यक औषधि  आवश्यक परेको अवस्थामा स्वास्थ्यचौकीसम्म पुग्नका लागि सहयोग पु¥याउने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभएको थियो ।

     गंगापरस्पुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव हुमलाल न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य लालबहादुर भण्डारी,महिला स्वास्थ्यस्वयमसेविका पार्वति चौधरी लगाएतकाले बोल्नुभएको थियो । गंगापरस्पुर स्वास्थ्य चौकीका प्रमुख टिकाबहादुर जिएमको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकीका अहेव कैलाश चौधरीले गर्नुभएको थियो । 

त्यस्तै गोवरिडया स्वास्थ्यचौकीमा पनि एक कार्यक्रमको आयोजना गरी गाविसका २७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको छ । स्वास्थ्यचौकी इन्चार्ज रामसिङ मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा.भुवन पौडेल र आइएनएफ दाङ कलस्टर प्रमुख अरविन्द्र कुस्हवा लगाएतकाले गाविसका २७ जना महिला स्वास्थ्यसेविकाहरुलाई साइकल वितरण गर्नुभएको थियो । त्यस अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा.भुवन पौडेल,आइएनएफ दाङ शाखाका प्रमुख अरविन्द्र कुस्हवा,स्वास्थ्यचौकी व्यवस्थापन समितिका सदस्य रामस्वरुप बर्मा,सुमित्रा योगी,महिला स्वास्थ्यस्वयमसेविका श्री चौधरी लगायतकाले बोल्नुभएको थियो ।

 सुनिता भण्डारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकीका अहेव कृष्ण आचार्यले गर्नुभएको थियो । आइएनएफ दाङले ‘मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम’ अन्तर्गत गंगापरस्पुर,गोवरिडया गाविसँगै गढवा,कोइलावास,राजपुर र बेला गाविसका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गर्ने कार्यक्रम रहेको आइएनएफ दाङ कलस्टर प्रमुख अरविन्द्र कुस्हवाले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.