ताजा अपडेट

...


समाज परिवर्तनका लागि पत्रकारहरु सचेत हुनुपर्ने



इन्द्रेणी संवाददाता
घोराही, ७ फागुन । समाज परिवर्तनका लागि पत्रकारहरु सचेत हुनुपर्ने आइतवार घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङको आयोजनमा घोराहीमा सञ्चालित तिन दिने पत्रकारीता तालिम समापन  कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारहरु समाज रुपान्तरणको अभियानमा निरन्तर लाग्नुपर्ने बताएका हुन् ।

 कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यपश्चिम सह–संयोजक आजदीप शर्माले समाजिक उत्तरदायि पत्रकारीता आवश्यक भएको बताउनुभयो । उहाँले पत्रकारहरु सधै समाजको पहरेदारको रुपमा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

संघका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ दाङका सल्लाहाकार सविन प्रियाशन, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य नरेन्द्र केसी, प्रेस चौतारीका केन्द्रिय सदस्य सुरेश सुमन डाँगी, सहभागीहरु गिरबहादुर महरा, सुष्मा लम्साल र प्रकाश भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहसचिव जनक नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव पाण्डव शर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागिलाई कोषाध्यक्ष केशरमान विसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । तालिमका प्रशिक्षकहरुमा अजयदीप शर्मा, नरेन्द्र केसी, गणेश वली, धनिराम शर्मा र पाण्डव शर्मा रहनुभएको थियो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.