इन्द्रेणी संवाददाता
काठमाण्डौ, २५ फागुन
आज आठ मार्च अर्थात १०६ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस । दाङसहित देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । विश्वमा श्रमिक महिलाहरूले अधिकारको लागि गरेका आन्दोलनको सम्झना र सम्मानमा थालनी गरिएको यो दिवसमा न्याय र समानताका लागि आवाज उठाउदै संसारभरका महिलाहरूले आठ मार्चलाई महत्वपूर्ण दिनको रुपमा स्मरण गर्दै आइरहेका छन् । दिवसको अवसरमा दाङमा पनि आज ¥याली र सभाको आयोजना गरिदैछ ।
सरकारी तथा गैरसरकारी संघसंस्था एवं अन्तरपार्टी महिला सञ्जालको आयोजनामा विहान ११ वजे घोराहीको ट्राफिक चोकवाट सुरु हुने ¥यालीले वजारको परिक्रमा गरी घोराही नगरपालिकाको हलमा पुगेर सभामा परिणत हुनेछ । सन् १८५६ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले आफूमाथि भएको उत्पीडन, समान कामको असमान ज्यालाको बिरोध, दैनिक १८ घण्टा कामको समयलाई घटाएर १० घण्टामा झार्नुपर्नेजस्ता आवाज उठाउदै हड्ताल गरेका थिए ।
यही आन्दोलनलाई विश्वका महिलाहरुलाई प्रेरित गर्ने विश्वको प्रथम संगठित आन्दोलनको रुपमा लिइन्छ । जर्मन समाजवादी महिला नेता क्लारा जेटकिनले सन् १९१० मा यो दिनलाई अन्र्तराष्ट्रिय दिवसको रुपमा मनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पास भएपछि सन् १९११ देखि यस दिनलाई विश्वका विभिन्न देशमा महिला अधिकारको आन्दोलनको प्रतीकका रूपमा मनाउन थालेको पाइन्छ । तर, हरेक वर्ष महिला दिवस मनाउदै आईएपनि महिलामाथि हुने हिंसा रोकिएको छैन । एउटै तह र क्षेत्रमा काम गर्ने महिला र पुरुषमा ज्यालाको भिन्नतादेखि लिएर महिलाहरु घरेलु हिंसावाट पीडित वन्दै आएका छन ।।