ताजा अपडेट

...


नक्कली डा. पक्राउ पर्ने क्रम जारी




इन्द्रेणी संवाददाता
काठमाण्डौ, २५ फागुन
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेका फेरी अर्का एक जनालाई पक्राउ गरेको छ । धनुषा जनकपुर ९ का ३२ वर्षीय प्रदिपकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । गुप्ताले नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिनको लागि बिहार इन्टर मेडियट एजुकेशन काउन्सिलबाट प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेको भनि नक्कली प्रमाणपत्र पेश गरेका थिए ।

उक्त प्रमाणपत्रका आधारमा चीनबाट एमविविएस अध्ययन गरी इन्र्टनशीप समेत गरी सर्वसाधारण मानिसहरूको उपचार गर्ने गरेको प्रहरीको आरोप छ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा पटक पटक सहभागी भई अनुतिर्ण भएपछि यस पटकको परीक्षामा सहभागी हुन आएका गुप्तालाई प्रहरीले फक्रेको हो ।


गुप्तालाई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा २६ र २७ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया सुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि पनि एक दर्जनभन्दा बढि नक्कली डाक्टरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.