ताजा अपडेट

...


महोत्सवमा आजपनि राष्ट्रिय कलाकारको प्रस्तुती



इन्द्रेणी संवाददाता
दाङ, २५ फागुन
यहि फागुन २१ गतेदेखी घोराहीमा जारी “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा आजपनि साँस्कृतिक प्रस्तुतीले दर्शकहरुलाई मनोरन्जन दिईने भएको छ । दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा ५ दिन देखी जारी महोत्सवमा आज नायिक झरना थापा, गायक वद्री पंगेनी, अनुसा पौडेल, गजित विष्ट, वालकलाकार अनुभव रेग्मी र सौगात विष्टले दर्शकरुलाई मनोरन्जन दिनुहुने छ ।

“उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा लोहदोहोरी प्रतियोगीता र विद्यालय स्तरिय लोकनृत्य प्रतियोगीता पनि जारी छ ।  महोत्सवमा थारु परिकार र अल्लोवाट वनेको सामाग्रीहरु पनि प्रदशनीमा राखिएको छ । महोत्सवमा दर्शकहरुको भीड दिनहु वढेको आयोजकले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.