ताजा अपडेट

...


यादव समुदाय रहेकै ठाउँमा अरुजातले चर्पि बनाए



गोविन्द खड्का 
हुन त त्यो गाउँ कालाकाटे गढवा सडक छेउको रहेछ । घर बनाउने शैलीमा बजार पसेको तर सभ्यता नपुगेको होकि जस्तो लाग्यो । श्वामी यादवको चार कोठे पक्की ढलान गरेको घरमा चर्पि थिएन । नजिकै भेटिएकी एलीना यादवले बर्ष दिन अघि रिङ हालेको खाल्टो देखाईन् । त्यो भेटाउन पनि चारैतिर हेरेँ दिसा गर्ने ठाउँ भेटिन । अनि मलाई बाल्यकालको याद आयो घरमा चर्पि थिएन । पानी ल्याउन आधा घण्टा बढि लाग्थ्यो । दिसा गर्ने पनि उत्तिकै । ब्रस गर्दै खोला जान्थेँ आसपास गएर दिसा गरी फर्किन्थेँ । अनी दाँत माझेर फर्कीदा खुबै सभ्य र उच्च स्तरको मानव कहलिन्थेँ । दश बर्ष अघिको सामाजीक चेतमा अहिले पनि देउखुरीको त्यो क्षेत्र पाएँ ।

त्यसबेला सबै काममा निकै दुःख थियो । मलाई त्यो गाउँमा पनि त्यस्तै होला भन्ने लाग्यो । तर फरक यो कुरामा पाएँ, टाउकोमा दुध दहि बोकेर लमहि घोराहिका गाउँ गाउँका बस्तिमा पुग्छन् । बिघाहका हिसावमा जमिन जोत्छन् । फुर्सद कहिल्यै छैन । माछा मासु खाँदैनन् । खर्च केहि छैन । उत्पादन पनि खासै हुँदैन । ‘बनाउ भनेर हुन्छ र ? पैँसा पनि त हुनुपयो नि ?’ भनेर उल्टो थर्काउँछन् । धार्मिक कार्य पुजापाठ र मुद्धा लड्न मात्रै उनिहरुको खर्चगर्न दिल खुश हुन्छ ।

न त अब दलित भनेरै कमजोर ठान्नु छ । न कसैलाई ब्राहमण लगाएतका उपल्लो जान भनेर सम्मान गर्नुपर्छ । यादवहरु कृष्णका भक्त हुन् । पुजा विधि देखि घर आँगनमा बुट्टा सजाउनेमा अगाडि छन् । माछामासु जाँड रक्सी लगाएतका कुरा अँझै बर्जित छन् । तर चर्पि बनाउन मान्दैनन् । बसन्त युवाकलवका पदाधिकारी संग अभियान कसरी चलाउने भन्ने विषयमा छलफल चलिरहेको थियो । मैले छुटै महिलाहरुलाई बुझ्न खोजेँ । न बोल्ने हुन कि भन्ने मनमनै सोचेको थिएँ । के को हुनु । सुधारमती थारु कुमालले यति सजिलरी जवाफ दिईन् । त्यसो त बजारीया महिलाले पनि त्यति निर्धक्क भएर कुरा गर्न जान्दैनन् । उनिहरु कि त चटक पार्न खोजेर अर्थ नजानेका शब्द प्रयोग गर्छन् ।

 कि भने राम्रो बोल्न सक्दैन भनेर पन्छिन्छन् । सुधरमतीले यसरी भनिन् ‘हामिले शौचालय बनाएको तिन बर्ष भयो । त्यस अघि बाटैभरी दिसा हुन्थ्यो । गाई चराउन गएको कुल्चनु पर्दथ्यो । आफ्नो दिसा आँफै पनि कुल्चेँ ।  कति घिन लाग्थ्यो ? अहिले एकदम रोग घट्या छन् । औषधिमा गर्ने खर्च गाउँलेहरुको बच्या छ ।’ त्यहि यादव बस्तिरहेको भुगोलमा चौधरी जाति बसेकैले यत्रो बिकास भएको भेटियो ।

त्यहि कुरा नजिकै रहेका यादव समुदायलाई बिश्वास लागेको छैन । त्यसै भएर होला गौरीटोलमा आउँदा रीता शाहको घरमा एक बर्ष अघि रिङ हालेर सिट बसाल्ने ठाउँ समेत तयार गरेको छ । तर शौचालय बनेको छैन । कहिले बन्छ भनेको ‘सिट ढरालिया भैया’ भनेर जवाफ दिईन् । अब आफुलाई सजिलो हुने । रोग बाट बचिने थाह भए सिट हाल्न र दिसा गर्न के ले रोक्यो ? अझ चोकमा निलो रातो पेन्टले सुन्दर ढंगले सजाएको घर । दुईवटा कोठा भाडामा ।

 त्यो घर कोहि ठुलै मान्छेको होला भनेर वरपरका झुप्रा संग नापेर थाह हुन्थ्यो । तर चर्पि छैन कुन चेतनाको दोष ? अनि भनि दिएँ ‘यादवहरु भैसी पाल्छन् । भैँसीले फततत बाटोमा हग्छ । यादवहरु पनि भैँसी भए । त्यहि सिकेर बाटोमा हग्न शौचालय बनाएका छैनन् ।’ कसैले यसको प्रतिबाद गरेनन् । संगै रहेका फोकल पर्सन तिलक न्यौपानेले निधार गाँठे पारे, गाला राता रातापारे अनि ‘व्यकार, यो जातले कहिले बुझ्ला म त दिक्क भएँ’ भनिदिए, अरु सबै चुपचाप ।

एकाएक पश्मिी वायु आएर चिसो अत्याधिक बढेको थियो । पहाडमा हिउँपरेको समाचार बजिरहेको थियो । तराईमा ठण्डिले अस्पतालमा बिरामी भरीने क्रम बढेको खबर प्रकाशित थिए । सरसफाई फोकल पर्सन तिलक न्यौपानेले भने काम रोक्न चाहेनन् । पानी पर्दा पर्दै पनि हिड्ने योजना बनाए । सजिलै आदेश पालना गरेर भिम रेउले गाडि हाँक्न लागे । जाडोले काँप्दै काँप्दै म पनि चढेँ । हाड जार्नी गस्गस्, सिंगान चुहेको चुहेई गर्ने, शरीरमा थरर्थरी काँप छुट्ने समस्या देखिकएको थियो । लागेको काम पुरा नगरी हुन्न भन्ने आत्मै देखिको साँेचका कारण ज्यानै फालेर दौडेको थिएँ ।

बाहिर निश्कने नपत्याउँदो समय थियो । झण्डै १२ बज्न लागेको समयमा जाउँ यार एउटा घरको चर्पि बनाए पनि काम छ न्यौपानेले भन्नुभयो । त्यसपछि के किन का कुरा उठेनन् । सिधै काममा हान्नियौँ । अरुबेला बाईक हुन्थ्यो आज गाडि यात्रा गर्न मिल्यो । सजिलो भएपछि पर्न लागेको पानीको पनी वास्ता गरीएन । दिउँसो गंगापरस्पुर पुगेपछि आकाश खुल्न थाल्यो । त्यहाँ थोरै जम्मा भएका थिए । सामान्य भेटगरेर रिपोर्ट बुझ्यौँ । अभियानकै रुपमा बढेको त देखिएन तर रोकिने अबस्था पनि थिएन । सुस्त सुस्त जाँदै थिए । पहिलो बन्ने जोश पनि अभियानमा लागेकाहरुमा पलाएको थियो । अलि नेतृत्व पाउन नसके जस्तो लाग्थ्यो । जसले पुर्णरुपमा जिम्मा लिन सकोस् । बाटोमा वरपरको अबस्था हेरेर सल्लाह दिँदै अघि बढ्यौँ ।

अनि शरीर पनि हलुको बन्दै गयो । गोबरडिहा पुगेपछि सरस्वती गिरी दिदिले उमालेर ठिक्क पारेकोे पानीले पसिना निकाल्यो । पुरै शरीर लछ्याप्प भिज्यो । मलाई गहुगो बनाउने भारी विसाए जस्तै भयो । सायद रोग बगायो होला र त काँडो झिके जस्तै सजिलो भयो । तयसपछि मात्रै हिड्न सकेँ । त्यहाँ नपुग्दै उमालेर राख्दीनुहोला भनेको थिएँ । गाउँमा निश्कयौँ । जता जाँदा पनि चर्पि बन्ने क्रम तिब्र देखियो । त्यो रहर लाग्दै निर्माणगरीरहेको दृश्यले सबै पिडा निलिदियो । मेरो सोँच भन्दा धेरै विकाश गरेको अबस्था देख्न पाएकाले मन प्रफुल्ल भयो ।

टाढै बाट आँकलन गरे फेल खाईन्छ भन्ने नयाँ अनुभुति भयो । गोबरडिहा जिल्लाको सबै भन्दा पछि पर्ने भयो भन्ने निष्कर्षमा पुगेका थियौँ । नाटकिए परिवर्तन आएको रहेछ ।सामाजिक संस्कार, संरचना, जातिय सोँच, चलनचल्तीको अबस्था, व्यक्तिगत स्वभाव धेरै कुराले योजनामा महत्व राख्दा रहेछन् । एउटै ठाउँमा देखिएका फरक दृश्यले त्यहि कुरा बोलिरहेका थिए । जतिधेरै ठाउँमा पुगेर फरक समुदायमा काम गर्न पायौँ त्यति नयाँ अनुभव संगाल्ने अबसर मिल्यो । त्यसको सार फरकजात समुदायमा फरक मात्र हुँदैन चर्पि बनाउने सवालमा यादव समुदायमा फरक छ । त्यो कुरा गोबरडिहा र गंगापरस्पुर धेरै भटियो । अरु भन्दा धेरै जानेका, सम्पन्न, धर्म प्रति कट्टर, अरुले छिसिक्कै केहि गरेको सहन नसक्ने, देखासिखीमा लागेको जस्ता विषयमा अगाडि देखिए । पौडौसीले जुन तरीकाले अघि बढ्छ  त्यहिमा प्रतिस्पर्धा गर्ने, खर्चको मतलब नहुने तर अरुलाई उछिन्न जे पनी तयार हुने देखियो । हामि साँझ सन्तोष भएर घोराही फर्कियौँ । किन भने अभियान सबै ठाउँमा तिब्ररुपमा बढेको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.