इन्द्रेणी संवाददाता
दाङ, ४ चैत्र
डुरुवा गाविस ८ स्थित बाल मितेरी उच्च माबि भोजपुरमा बिगत दुई हप्ता देखि लाग्दै आएको ताला खुल्ने सहमति भएको छ । संयुक्त बिद्यार्थि संगठन र उच्च माबि भोजपुर बिद्याल व्यवस्थापन समिती बिच हिजो दिनभर भएको छलफलबाट यस्तो सहमति भएको हो । सहमती पत्रमा अंग्रेजि बिषयको शिक्षकको बिज्ञापन खोली १५ दिन भित्र प्रकृयाको थालनि गर्ने उल्लेख छ ।
जिल्ला शिक्षा कार्यालयमा अंग्रजि शिक्षकका लागी अनुमति माग गर्ने र प्रकृया अघि बढाईने बताइएको छ ।
यस्तै, उच्च माविमा देखिएको समस्या समाधानका लागी बिद्यालय व्यवस्थापन समितीका सदस्य मनोहर बुढाथोकिको संयोजकत्वमा बिद्यार्थी संगठन सहितको कार्यदल गठन गरिएको छ । कार्यदलमा नेबि संघका उपाध्यक्ष टोपबहादुर बुढाथोकि, अखिलका अध्यक्ष बिरबल खड्का, एकीकृत माओबादी निकट अखिल क्रान्तिकारीका जिल्ला सचिब सुबास बस्नेत, बैद्य निकट क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रशान्त वली, बिप्लब निकट क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसी, नेपाल प्रजातान्त्रीक बिद्यार्थी संगठनका अध्यक्ष बिष्णु गौतम सदस्यका रुपमा रहनुभएको छ ।
अंग्रेजि शिक्षक विषयत रुपमा हुनुपर्ने माग राख्दै बिगत दुई हप्ता देखि बिद्यालयमा अध्ययनरत बिद्यार्थी आन्दोलनमा उत्रिएका थिए । दाङका संयुक्त बिद्यार्थी संगठनहरुले तालाबन्दी प्रति ऐक्यबद्धता जनाउँदै आएका थिए । छलफलमा बिद्यालय व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष मणीराम चौधरी, सदस्य मनोहर बुढाथोकि, बिद्यालयका प्राचार्य तुलाराम बस्नेत रहनुभएको थियो । यसैबिच, पद्यमोदय उमाबिले बिद्यार्थीको समस्यामा राजनिती गरेको भन्दै संयुक्त बिद्यार्थी संगठनहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् । विद्यार्थीको माग विद्यार्थी संगठनबाटै समाधानका लागी पर्यत्न नगरे थप आन्दोलनका कार्यक्रम सार्बजनीक गर्ने चेतावनी दीएका छन् ।।