इन्द्रेणी संवाददाता
जाजरकोट, ४ चैत्र
जाजरकोट सदरमुकाम लगाएतका बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । छिन्चु–जाजरकोट सडकमा पर्ने भेरी नदीको फेरी बिग्रिदा आपूर्ति ठप्प हुदा दैनिक उपभोग्य वस्तुको अभाव भएको हो । फेरी बिग्रिएपछि जिल्लामा एकसातादेखि दैनिक उपभोग्य वस्तुको आपूर्ति रोकिएको छ ।
फेरी संचालनमा नआएपछि यात्रुलाई पनि आवतजावतमा सास्ती भएको छ । उपभोग्य वस्तु सल्यानको सल्लीबजारमा थन्किएको त्यहाका ब्यबपारीहरुले बताएका छन् । गत साता बिग्रेको उक्त फेरी मर्मतपछि संचालनमा आएको एकै दिनमा पुनः बिग्रेको हो । फेरीको क्लजप्लेट, लठ्ठा, जेनेरेटर लगाएत उपकरणमा समस्या आएको छ ।
फेरीको लठ्ठा, जेनेरेटर, क्लजप्लेट लगाएत उपकरणमा बारम्बार समस्या आउने गरेको छ । ३५ वर्ष पुरानो जीर्ण फेरी पटक÷पटक बिग्रंदा सास्ती हुने गरेको प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । राकमस्थित भेरी नदीमा निर्माण सुरु भएको पुल १२ वर्षसम्म पनि नबन्दा यात्रुहरुले सास्ती बेहोर्दै आएका छन् ।।