इन्द्रेनी संवाददाता
देउखुरी, १ चैत । देउखुुरीको सिसहनियाँमा सञ्चालित सात दिने पतञ्जली योग विज्ञान शिविरबाट सात जनालाई योग प्रशिक्षकको रुपमा छनौट गरिएको छ ।
जस अनुुसार मोहन भण्डारी, दुर्गाप्रसाद अधिकारी, बसन्त थापा, अरुणा शर्मा, पदम ज्ञवाली, चिना अधिकारी र विष्णु पोख्रेल रहनुु भएको छ । छनौट भएका योग प्रशिक्षकहरुले अव नियमित रुपमा योग सिकाउने हुनुभएको छ । यस अघि पनि सोही समितिले शिविर सञ्चालन गरि योग प्रशिक्षक छनौट गरेको थियो । योग विज्ञान शिविर सिसहनियाँको आयोजना एवम् बसन्त थापा, गंगाराम भट्टराई र भरतप्रसाद पाण्डेको आर्थिक तथा सिसहनियाँ गाविस र सिसहनियाँ स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
समितिका अध्यक्ष शान्तराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा योग विज्ञान शिविरका केन्द्रिय सदस्य लभदेव मिश्रले योगका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा योग शिविरका राप्ती अञ्चल प्रभारी खुमानन्द ज्ञवाली, शिवध्वज मल्ल, भरतप्रसाद पाण्डे,नन्दकुमार चौधरी लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । दिनहु सयौँको सख्यामा सहभागी हुुने योग प्रशिक्षकमा योग विज्ञान शिविरका केन्द्रिय सदस्य लभदेव मिश्र र राप्ती अञ्चल प्रभारी खुमानन्द ज्ञवाली रहनु भएको थियो । कार्यक्रमको सञ्चालन ईश्वरीप्रसाद अधिकारीले गर्नुु भएको थियो ।
क