ताजा अपडेट

...


वाइसिएल क्षेत्र नं. १ को अध्यक्षमा प्रशान्त



इन्द्रेनी संवाददाता 
घोराही १ चैत । एमाओवादी युवा संगठन वाइसिएल नेपाल दाब क्षेत्र नं. १ को अध्यक्षमा प्रशान्त चौधरी चयन हुनुभएको छ । सोमबार देउखुरीको जखेरा तालमा सम्पन्न भेलाले प्रशान्त चौधरीको अध्यक्षतामा ३१ सदस्यीय निर्वाचन क्षेत्रीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रवीण केसी र सरोज बुढा, सचिवमा गणेश बस्नेत, सहसचिवमा ललित केएम र नागेश्वर यादव र कोषाध्यक्षमा छवि चौधरी रहनुभएको छ ।
 त्यस्तै, सदस्यहरुमा जयप्रकाश यादव, कर्ताराम यादव, बसन्त केसी, रामसागर यादव, तिलक विक, सदिश पाण्डे, रोशन रसाइली, खेम ओली, तुफान अधिकारी, जसबहादुर रोका, सञ्जु विक, नरवीर विक, राजाराम चौधरी, लेनिन बञ्जाडे, नारायणप्रसाद आचार्य, कर्णबहादुर बुढाथोकी, खुसीराम चौधरी, वामदेव देवकोटा, विरेन्द्र ठेडीमगर, जीवन विक, विष्णु चौधरी लगायत रहनुभएको छ ।

   प्रशान्त चौधरीको अध्यक्षतामा भएको भेलामा वाइसिएल केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सिर्जन पुन, जिल्ला संयोजक सरोज खड्का र जिल्ला कार्यालय सदस्य गोविन्द भण्डारीले बोल्नुभएको थियो । ललित केएमको स्वागत मन्तव्यबाट शुरु भएको भेलाको सञ्चालन गणेश बस्नेतले गर्नुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.