मूल समिति र उपसमिति गठन
नारायणपुर, १ चैत । हिन्दु जागरण नेपालको आयोजनामा नारायणपुरमा महायज्ञ हुने भएको छ । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा नारायणपुरमा सुर्यनारायण मन्दिर सत्सँग भवन निर्माणकालागी श्रीमद भागवत हिन्दुजागरण सप्ताह एवं ज्ञानमहायज्ञ हुने भएको हो । हिन्दु धर्मालम्बीहरुको नारायणपुरमा भएको भेलाले यही चैत १७ गतेदेखी २४ गतेसम्म महायज्ञ गर्ने निर्णय गरेको हो ।
हिन्दु जागरण नेपाल त्रिपुरका अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षता एवं हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीको प्रमुख आतिथ्यमा भएको भेलाले टेकबहादुर खड्का संयोजक रहेको महायज्ञकालागी मूल आयोजक समिति गठन गरेको छ । यसैगरी महायज्ञ सफल पार्नकालागी विभिन्न उपसमितिहरु प्नि गठन गरिएको छ । जसमा सानु थापा संयोजक रहेको सचिवालय उपसमिति, पूर्ण गुरुङ संयोजक रहेको आर्थिक उपसमिति, रुपा वली संयोजक रहेको आन्तरिक कार्यक्रम उपसमिति, विष्णु गौतम संयोजक रहेको प्रचारप्रसार उपसमिति, विष्णुप्रसाद भट्टराई संयोजक रहेको प्रसाद वितरण उपसमिति, गोपालप्रसाद लम्साल संयोजक रहेको दाता पहिचान उपसमिति, सीता दाहाल संयोजक रहेको कलश व्यवस्थापन उपसमिति, धर्मा बस्नेत संयोजक रहेको फुलमाला व्यवस्थापन उपसमिति, टेकनाथ आचार्य संयोक रहेको सुरक्षा व्यवस्थापन उपसमिति, निर्मल डाँगी संयोजक रहेको भजन मण्डली उपसमिति गठन गरिएको छ ।
यस्तै बालाराम चौधरी स्वयमसेवक उपसमिति, झग्गुप्रसाद आचार्य संयोजक रहेको मञ्च तथा गेट व्यवस्थापन उपसमिति, लक्ष्मी लम्साल संयोजक रहेको पूजा व्यवस्थापन उपसमिति, दिनेश वली संंयोजक रहेको तुलादान उपसमिति, खुमबहादुर डाँगी संयोजक रहेको धन्यचल उपसमिति, चन्द्रप्रसाद चौधरी संयोजक रहेको शोभायात्रा उपसमिति, दुर्गाप्रसाद धिताल संयोजक रहेको भोजन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैगरी विजया रेग्मी संयोजक रहेको संघसंस्था समन्वय उपसमिति, हुमा केसी संयोजक रहेको नृत्य संयोजक उपसमिति, बसन्त गुरुङ संयोजक रहेको यातायात व्यवस्थापन उपसमिति, गुमानसिंह वली संयोजक रहेको सम्मानपत्र व्यवस्थापन उपसमिति, प्रेमप्रसाद आचार्य संयोजक रहेको पानी व्यवस्थापन उपसमिति, सुमीत्रा शर्मा संयोजक रहेको अतिथि सम्मान उपसमिति, सनम केसी संयोजक रहेको महिला संयोजक उपसमिति, कोमल उपाध्याय संयोजक रहेको टिका व्यवस्थापन उपसमिति गठन गरिएको छ ।





