ताजा अपडेट

...


प्रशान्त तामाङ छमछमी नचाए दर्शक लाइ




इन्द्रेनी संवाददाता
घोराही, १ चैत्र । दाङको घोराहीमा जारी दाङ व्यापारिक महोत्सवको आज ११ औँ दिन पनि दर्शकहरुको सहभागिता हजारौँ रहेको छ । केन्द्रिय तथा स्थानिय कलाकारहरुको जमघट हुदै आएको महोत्सवमा आज पनि साँस्कृतीक कार्यक्रम जारी छ ।

आज केन्द्रिय कलाकारहरु गायम प्रशान्त तामाङ, डम्बर नेपाली, शिसिर योगी, आस्था भण्डारी, रोमा न्यौपाने, जानकी मगर लगाएतका कलाकारहरुको साँस्कृतीक प्रस्तुतीले दर्शकहरुलाई हसाउनुका साथै नचाएका छन् ।

त्यस्तै स्थानिय कलाकारहरुका प्रस्तुती सँगै दोहोरी गित प्रतियोगता समेत भएको छ । भोली समापन हुने महोत्सवमा अहिले सम्म दुई दर्जन बढी कलाकारहरुले दर्शकहरुलाई मनोरन्जन दिएका छन् । उद्योग व्यापार कृषी एवं पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास भन्ने नाराका साथ आयोजना गरिएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेलामा आज पनि हजारौ दर्शकहरुको सहभागिता रहेको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवमा हिजो सम्म साढे १३ करोडको आर्थिक कारोबार र साढे २ लाख दर्शकहरुले महोत्सवको अबलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक हेमराज बन्जाडेले जानकारी दिनुभएको छ । आजको एकीन बिबरण तयार पार्ने काम भैरहेको आयोजकले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.