ताजा अपडेट

...


होलीमा लोला नहान्न ट्राफिक प्रहरीको अनुरोध



इन्द्रेणी संवाददाता 
घोराही,८ चैत । जिल्ला ट्राफिक प्रहरी दाङले होलीका अवसरमा ट्राफिक व्यवस्थालाई कडा बनाउने भएको छ । होलीमा अवसरमा हुने अमर्यादित गतिविधि रोक्नका लागि ट्राफिक प्रहरीले चेकजाचलाई कडा बनाउदै बजारमा अनुगमनलाई समेत गर्ने भएको छ ।  


      ट्राफिक प्रहरी सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी होलीका अवसरमा कसैलाई पनि लोला नहान्न अनुरोध गरेको हो  । होलीका अवसरमा  कुनै पनि मानिसहरुलाई अनुमति विना लोला,अण्डाका साथै रङ नफाल्न भन्दै जवरजस्ती लोला हान्ने,रङ घस्ने,माफक पदार्थ सेवन गरेर गाडि चलाउने,हेलमेन्ट नलगाएर मोटरसाइकलमा चलाउने,दुई भन्दा बढि मोटरसाईकलमा चढेर नहिड्न  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख अरुणकुमार सिङले अनुरोध गर्नुभएको छ ।

    होली पर्वमा रमाइलोको नाममा काममा हिडेका सर्वसाधारण मानिसहरुलाई लोला,अण्डाले हान्ने तथा  रङ लगाएतका तरल पदार्थ नघस्का साथै ट्राफिक नियमको पालना गरेर गाडिहरु चलाउन प्रमुख सिहले अनुरोध गर्नुभएको छ ।  होलीमा माफक पदार्थ सेवन गरेर गाडि चलाउने,हेलमेन्ट नलगाएर मोटरसाइकल चलाउने,दुई भन्दा बढि मोटरसाईकमा चढेर  लगाएतका गर्नेलाई सवारी साधन यातायात व्यवस्था ऐन अनुसार ट्राफिक प्रहरीले कारवार्ही गर्ने ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख सिङले बताउनुभएको थियो । होलीका अवसरमा ट्राफिक व्यवस्थालाई कडा बनाउने समेत प्ररहीले बताएको छ ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.