ताजा अपडेट

...


बसको ठक्करका २ जनाको ज्यान गयो



के.एम .निस्ठुरी
दाङ ,८ चैत्र  ।  बसको ठक्करका कारण दाङमा २ जनाको  ज्यान गएकोछ । भालुवाङ्गबाट रुकुमका लागि छुटेको ना ५ ख ७२८२ नम्वरको बसले बिपरित दिशाबाट आइरहेको बा २३ प ५९५५ नम्वरको मोटरसाइकल लाई ठक्कर दिँदा बाटो काटिरहेका तुलसीपुर १ रानागाउँ निवासी अन्दाजी ६० वर्षिया फुर्सी खत्री र सोही ठाउँका ९ वर्षिय बालक बरुण थापाको मृत्यु भएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक रामबहादुर जिसीले जानकारी दिनुभयो । बसको ठक्करबाट मृत्यु हुने बज्यै  र नाति भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकिल चालक रामबहादुर केसी र  गीता केसीलाई उपचारका लागि कोहलपुर लगिएको  गरिएको छ ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.