शरद रेग्मी
दाङ, ८ चैत्र । दाङको तुलसीपुरमा एक वर्ष अघि सञ्चालनमा आएको तुलसी वाल अस्पतालले आसियू र भेण्टिलेटर सेवाको विस्तार गरेको जनाएको छ । नवजात शिशु र वालवालिकाको उपचारका लागि खोलिएको तुलसी वाल अस्पतालले झण्डै ३५ लाख लगानिमा यी दुईसेवा विस्तार गरेको अस्पतालका वालरोग विशषज्ञ किशोर कुमार खत्रिले जानकारी दिए । अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि राप्ति अंचलमै पहिलो पटक आईसियु र भेण्टिलेटर सेवा विस्तार गरेको भन्दै अव जटिल प्रकार बाहेक सवै विषेशज्ञ सेवा अस्पतालले दिन सफल हुने जनाएको छ ।
नवजात शिसु र वालवालिका लाई लक्षित गरी खोलिएको अस्पतालमा एक विशषज्ञ २ जना डाक्टर १२ जना स्टापनर्स र अन्य स्वास्थ्यकर्मी गरी २८ जना स्वास्थ्य जनशक्ति रहेको अस्पताल प्रशासनले जनाएको छ । २५ सैयाको अनुमति प्राप्त अस्पतालमा राप्तीका पहाडि जिल्ला सल्यान रुकुम रोल्पा लगाएतवाट वालावलिकाको उपचारमा आउने गरेको अस्पतालले जनाएको छ । एक वर्ष अघि खोलिएको प्राइभेट वाल अस्पतालले यसअघि आर्थिक अवस्था कम्जोर रहेका दुई वालावालिकाको उपचार गरी मानवीयताको श्रेय लिएको थियोे ।






No comments:
Post a Comment