ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
रंगभेद उन्मुलन दिवस मनाईयो
इन्द्रेणी संवाददाता
चैत्र, ९ चैत्र
हिजो परेको ५० औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस दाङ लगाएत नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा दलित आयोगको संयोजनमा दलितसँग सम्बन्धित विभिन्न संघसस्थाले बृहत ¥याली तथा कार्यक्रम गरि दिवस मनाएका छन । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । दिवसका अबसरमा दाङ र प्युठानका विभिन्न संघसस्थाहरुले प्युठानको स्वर्गद्धारीमा पुगेर जातिय विदेभ विरुद्धको दिबसको अबसरमा कार्यक्रम गरेका छन । संयुक्त राजनीतिक संघर्ष समिति दाङ र प्युठानले यसवर्षको जातीय रंगभेद उन्मुलन दिवस प्युठानको स्वर्गद्धारीमा मनाएका छन् ।
केहि महिना पहिले स्वर्गद्धारी मन्दिरमा पुजापाठका लागी पुगेका दाङ त्रिपुरका बसन्ता नेपाली र भिमबहादुर नेपाली माथि जातिय विभेद भएको घटना वाहिर आएको थियो । त्यस घटनाको विरोध गर्दै यसवर्षको जातिय विभेद विरुद्धको दिबस त्यहा मनाईएको समितीले बताएको छ । नेपालको संविधान २०७२ मा मौलिक हकमा व्यवस्था गरेको जातीय भेदभाव उन्मुलनका लागि गरेका व्यवस्थालाई कार्यान्वयन गर्न सके भेदभावपूर्ण समाजको अन्त्य हुने अधिकारकर्मीहरुले बताएका छन् ।
मानव अधिकार तथा शान्ति समााज दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्र्दभमा बोल्ने वक्ताहरुले दलित समुदायका लागि १ पटकका लागि जग्गाको व्यवस्था र शिक्षामा पहुँचका लागि उच्च शिक्षासम्म छात्रबृत्ती समेतको निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नसके जातीय बिभेद अन्त्य हुने बताएका हुन् ।
शाखा सभापति सुरेश श्रेष्ठको अध्यक्षता तथा पुनरावेदन बार ईकाई तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गरिबी, जातीय तथा लैङ्गिक बिभेद समाजमा कायमै रहेको भन्दै त्यसको अन्त्यका लागि आर्थिक सम्बृद्धि र शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने सुझाव दिएका थिए । यस्तै दिबसको अबसरमा सल्यानमा पनि ¥याली निकालिएको छ । जातिय विभेदको अन्त्य गरौं, श्रम र सिपका आधारमा हुने विभेद अन्त्य गरौं लगायतका व्यानर तथा प्लेकार्ड सहितको ¥यालीमा गैर दलितको पनि सहभागिता थियो ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment