ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
वन समुहको अनुगमन
इन्द्रेणी संवाददाता
दाङ, ९ चैत्र
पश्चिम दाङका सामूदायिक वन समुहको अनुगमन गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेशन बेस र समावेशी श्रोत पहलकदमीको संयुक्त आयोजनामा विभिन्न सरोकारवाला निकायलका परियोजना लागु भएका पुरन्धारा गाविस ८ मा रहेको देबिडाडाँ सामूदायिक वन र पवनगरमा रहेको भ्युडर सामुदयिक वन समूहको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमणका क्रममा देविडाँडा सामूदायिक वन समूहका अध्यक्ष ज्ञानबहादुर खत्रीले परियोजनाको सहयोगमा ३ किलोमिटर तोष खनेर वन संरक्षण गरेको, देविडाडाँ र मनसूता सामुदायिक वन समूहको बर्षौ देखिको विवाद अन्त्य भएको, आयअर्जनका लागि बाख्रापालन, बंगुरपालन गरेको जानकारी दिनुभयो ।
त्यसैगरी पवनगर ४,८ र ९मा रहेको भ्युडर सामुदायिक वनमा उपभोक्ता प्रेम राज न्यौपानेले ५७ सालमा दर्ता भएको सामूदायिक वन समूहको उपभोक्तको विवादका कारण अहिले सम्म उपयोग गर्न नपाएको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो । अनगुगमणमा जिल्लावन, सेक्टर वन, इलाका वन, बेस, विभिन्न राजनितीक दलका प्रतिनीधि, पत्रकार, नागरिक समाज लगाएतको सहभागीता थियो ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment