ताजा अपडेट

...


सहकार्य गरी अगाडि बढने



इन्द्रेणी संवाददाता
दाङ, ९ चैत्र

तुलसीपुर नगरपालिकाले त्यस क्षेत्रको विकाशका लागि निजी क्षेत्र संग सहकार्य गरी अगाडि बढने भएको छ । त्यसका लागी सार्वजनिक निजी साझेदारी अबधारणा अनुरुप तुलसीपुरमा देखिएका विभिन्न समस्याहरुलाई हल गर्ने जनाएको छ ।
विभिन्न समयमा देखिएको फोहर व्यवस्थापन, नयाँ वसपार्कको विकाश तथा त्यसको व्यवस्थापनलगायत सवै किसीमका समस्या समाधन गर्न सरोकार वालाहरु संग वृहत छलफल गरी अगाडि बढन लागेको तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज वेलवासेले बताउनुभयो ।

यस अन्र्तगत नगरपालिका र निजी क्षेत्रको लगानीमा योजनाहरु सम्पन्न हुने छन् । जसले गर्दा नगरपालिकालाई पनि केही हत सम्म सहज हुने छ भने निजीक्षेत्रले पनि आफनो लगानि केही प्रतिसत लगायर त्यसवाट फाइदा लिनेछ । जसले गर्दा हाल देखिएका विभीन समस्याहरु सहजै हल हुने नगरपालिकाको अपेक्षा छ ।

विभिन्न समयमा स्थायी डम्पीङ साइट नहुदा फोहर व्यवस्थापन, सवारी साधन व्यवस्थापन लगायतका समस्याहरु आउने र नगरपालिका त्यसैमा लाग्दा अन्य विकाश निर्माण काममा समेत प्रभाव परेको भन्दै त्यसलाई दिगो रुपमा समस्या समाधन गर्न पिपि कार्यक्रमलाई लागुगर्न नगरपालिकाले तयारी थालेका कार्यकारि अधिकृत वेलवासेले बताउनुभयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.