ताजा अपडेट

...


थारु मुक्तिमोर्चाको संयोजकमा चौधरी



इन्द्रेणी संवाददाता
दाङ, ३० फागुन

एमाओवादीनिकट थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल दाङको संयोजकमा साउने चौधरी चयन हुनुभएको छ । मोर्चाको घोराहीमा सम्पन्न भेलाले चौधरीको संयोजकत्वमा ४७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

साथै भेलाले यही चैत्र २७ गते घोराहीमा जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । सम्मेलन सफल बनाउन निर्वाचन क्षेत्रका साथै विभिन्न जिम्मेवारीहरु पनि बाँडफाँड गरिएको छ ।

क्षेत्र नं. १ भक्तु चौधरी, २ नं. क्षेत्रमा श्यामेश चौधरी, ३ नं. क्षेत्रमा जगवीर चौधरी, ४ नं. क्षेत्रमा भीमबहादुर चौधरी र ५ नं. क्षेत्रमा लक्ष्मण चौधरी ‘वीरवल’लाई संयोजकको जिम्मेवारी दिइएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.