इन्द्रेणी संवाददाता
दाङ ३० फागुन
युथ पीस भोलेन्टीएर नेटवर्क दाङको बैठक घोराहीमा सम्पन्न भएको छ । नेटवर्क दाङका अध्यक्ष नवीन अभिलाषीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष एब सीसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकिको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकले विगतमा सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा समिक्षा गरेको छ ।
एष्ट्रिलियन एड कारीतासको सहयोगमा सिसा नेपालले दाङको लक्ष्मीपुर र रामपुर गाविसमा सञ्चालन गरेको युवा तथा बालबालिका शशक्तिकरण परियोजना अन्र्तगत भएका कामहरुको बारेमा समिक्षा गरेको छ । दुई गाविसमा गठन भएका युवा क्लबहरुका प्रतिनिधिहरुले आफुले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
परियोजना अन्र्तगत क्लबलाई अनुदान स्वरुप प्रदान गरीएको रकमबाट युवाहरुले ब्यबसायीक आय आर्जनमा लगानी गरेको बताएका छन । साथै बैठकले आगामी चैत्र ७ गते रामपुर र १४ गते लक्ष्मीपुरमा लागु पदार्थ दुब्र्यसनी न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।
बैठकले दाङमा केहि दिन यता भएका महिला माथीको हिंसा तथा अपराध प्रति ध्यानाकर्षण भएको जनाउदै दोषीलाई कार्बाही र पीडितलाई न्याय दिलाउन सम्बन्धीत निकायसंग माग गरेको छ । युथ पीस भोलेन्टीएर नेटवर्ककी केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकि ८ मार्चको अबसरमा सम्मानित हुनु भएकोमा बधाई दिने निर्णय पनि गरेको छ ।।