ताजा अपडेट

...


बालमैत्री गाविसका लागि ¥याली



इन्द्रेणी संवाददाता
दाङ,३० फागुन ।

आउदो असार मसान्तसम्म दाङको धर्ना गाविसलाई बालमैत्री गाविस घोषणा गर्नका लागि हिजो धर्नामा बालबालिकाहरुले ¥याली निकालेका छन । बाल सञ्जाल धर्नाको आयोजनामा भएको ¥याली धर्ना– १ धारपानी देखि वडा न ८ डागीगाउँ सम्म पुगेको थियो ।

¥यालीका क्रममा बालबालिकाहरुले बालविवाह न्यूनिकरण गरौ, सभ्य समाजको परिचय दियौ, बालविबाह गर्नु सामाजिक अपराध हो, बालविवाह आफुले नी नगरौ अरुलाई नी गर्न नदियौँ लगाएतका प्ले कार्ड सहित नारा लगाएका थिए । ¥यालीपछि गरिएको कोणसभा बोल्ने बक्ताहरुले बालविवाह न्यूनिकरणका लागि सवैले सहयोग गर्नुपर्ने बताएका थिए ।

बाल सञ्जाल धर्नाका अध्यक्ष मोनिका धितालको अध्यक्षता भएको कार्यक्रममा धर्ना गाविसका समाजीक परिचालक विष्णु पौडेल,वडा नागरिक मञ्चकी गोमा भट्राई लगाएतका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बाल सञ्जाल धर्नाका सचिव लक्ष्मण चौधरीले गर्नुभएको थियो । ¥यालीमा बाल सञ्जाल धर्नाका पदाधिकारीहरु सहित गाविसमा रहेका २२ वटा बाल क्लवहरुको सहभागिता रहेको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.