ताजा अपडेट

...


महोत्सवमा सोमवार प्रशान्तको धमाका



इन्द्रेनी संवाददाता 
दाङ, ३० फागुन । दाङ जिल्ला उद्योग वाणीज्य संघले आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा भोली चैत १ गते सोमवार ईण्डीयन आईडल गायक प्रशान्त तामाङले आफ्नो प्रस्तुति राख्ने भएका छन् ।

 महोत्सवको सांस्कृतिक कार्यक्रमका लागी आएका प्रशान्तले भोली सोमवार आफ्नो प्रस्तुति राख्ने सांंस्कृतिक उपसमितिका संयोजक श्रीधर पोख्रेलले जानकारी दिनुभयो । आईतवार महोत्सवमा उपस्थित तामाङले आफूले भोली दिनभर आफ्नो प्रस्तुति रहने जानकारी गराउनुभयो ।

 प्रशान्तले आज आफूले गीत नगाउने र भोली दिनभर आफ्नो प्रस्तुति रहने जानकारी गराउदा दर्शकहरुले अत्यधीक माग गरेपनि चलचीत्र परदेशीको ‘विछोडीको करौतिले काट्नु मन काट्यो’ बोलको गीत गाएका थिए । गायक प्रशान्त मञ्चमा उपस्थित हुदा दर्शकहरुले जोडदार तालीले स्वागत गरेका थिए ।

 कार्यक्रममा आज आईतवार गायक डम्मर नेपाली, प्रेमप्रकाश वली, गायीका मीना लामा, मोडल एञ्जल श्रेष्ठ लगायतले आफ्नो प्रस्तुति राखेका थिए । आजको कार्यक्रमको सञ्चालन नम्रता सापकोटाले गर्नुभएको थियो ।

 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.