इन्द्रेनी संवाददाता
घोराही,३० फागुन । घरेलु तथा साना उद्योग महासघ जिल्ला शाखा दाङको छैठौ अधिवेशन एव बार्षिक साधारणसभा आइतवार घोराहीमा सम्पन्न भएको छ । अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि तुल्सी रानाको अध्यक्षता १४ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्ष भरतराज देवकोटा,द्धितिय उपाध्यक्षमा पदमबहादुर बस्नेत,तृतिय तथा महिला उपाध्यक्षमा तुलसी बुढा,सचिवमा लवनरसिङ अधिकारी,कोषाध्यक्षमा शशिधर वली रहनुभएको छ । त्यस्तै सदस्य हरुमा ध्रुवकुमार पुन,श्रीमनकुमार शर्मा,प्रदिप मज्गैया,हर्कबहादुर खत्री,सिता मल्ल,शशिकिरण राणा रहनुभएको छ । त्यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधिमा किरणकुमार रेग्मी,दानबहादुर अधिकारी,लिलाधर पन्थी र गिता धिताललाई निर्वाचित गरेको छ ।
संघका अध्यक्ष किरणकुमार रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको केन्द्रीय नेत्र पाठकले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलयका बामदेव शर्मा,पदम बहादुर वस्नेत लगाएतकाले बोल्नुभएको थियो ।कार्यक्रममा सस्थाको बार्षिक प्रतिवेदन सचिव तुल्सी राना र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिता धितालले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य ध्रुवकुमार पुनको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागिहरुलाई लिलाधर पन्थीले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रमको सहजीकरण तुल्सी रानाले गर्नुभएको थियो ।





