इन्द्रेनी संवाददाता
महोत्सवको अवसरमा आयोजना गरिएको निशुल्क योग शिवीरको समापन गरिएको छ । शिवीरको आज आईतवार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
योग प्रशीक्षक तोयानाथ योगीको अध्यक्षता एवं घोराही नगर विकास समितिका अध्यक्ष किरणकुमार रेग्मीको प्रमुख आतिथ्य र महोत्सव आयोजक मूल समितिका सहसंयोजक नारायण भुषालको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा योगको सकारात्मक पक्ष र मानव स्वास्थ्यमा पार्ने प्रभावका बारेमा छल फल भएको थियो । कार्यक्रममा योग प्रशक्षिक हरु डा. भोलानाथ योगी, प्रेम शर्मा, शारदा पोख्रेल, नारदमणी पोख्रेल लगायतले योगबारे भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण उदय डाँगीले गर्नुृभएको थियो ।





